Loading... आजः सोमवार, कार्तिक १०, २०७७

आहा ! जाजरकोट (फोटो फिचर)

प्राकृतिक स्रोत साधनका हिसाबले धनी तर राज्यको नजरबाट टाढाको दुरीमा रहेको जाजरकोट जिल्लाको सौन्दर्य मध्यपश्चिममै उल्लेखनीय छ ।
दश वर्षे सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोहीको दोहोरो पीडा खेपेको जाजरकोट अहिले आफ्नो घाउमा मलम लगाउने प्रयासमा छ । पर्यटकीय दृष्टिकोणले जिल्लालाई महत्वपूर्ण मानिए पनि पर्यटनका लागि उचित योजना र प्रसार प्रसार नहुदा जिल्लाको पर्यटनले फड्को मार्न सकेको छैन ।
जाजरकोट आउदा तपाई पुग्नैपर्ने केही ग्रामीण बस्तीहरुका बारेमा छोटकरीमा जानकारी दिएको छु ।

ढिमे २, ढिमे गाउँ ।

यो गाउँ जिल्लामै सुन्तला खेतीको लागि प्रसिद्ध छ । र, यहाँबाट जिल्लाका सबै गाविसहरू समान दुरीमा रहेको बताइन्छ । जिल्ला सदरमुकामका लागि ढिमेलाइ लिइनुपर्छ भनेर प्रायः बहस पनि चल्ने गरेको छ ।

DSC04278

रामीडाँडा सिर्पाचौर

जाजरकोटको रामीडाँडामा पर्ने सिर्पाचौर जिल्लाकै सुन्दर बस्तीहरू मध्येको अग्रपक्तिंमा आउँछ । सम्पूर्ण मगर समुदायको बसोबास रहेको यो गाउँलाइ पर्यटकिय गाउँको रूपमा विकास गर्ने जिल्लामा बेलाबेला बहस चल्ने गरेपनि खासै कसैले चासो दिन नसकेको अवस्था छ ।

DSC04587DSC_0390

तस्बिरः हरिहरसिंह राठौर

नायकवाडाको मैना

जिल्लाको दुर्गम गाविसको रूपमा रहेको नायकवाडाको वडा नं. ३ मैना । प्रसिद्ध राँगा बाँचिलो देवताको मन्दिर भएको गाउँ भएकाले यहाँ धार्मिक पर्यटनको संभावना धेरै छ । जेठ र भाद्र पूर्णिमामा यहाँ श्रद्धालु तथा भक्तजनहरूको घुइचो लाग्ने गर्छ ।DSC_0449

तस्बिरः हरिहरसिंह राठौर

डाँडागाउँको कैना 

सदरमुकाम खलंगासँग जोडिएको डाँडागाउँ गाविसमा अधिकासं मगर समुदायको बाहुल्यता रहेको छ । डाँडागाउँको प्रशासनिक केन्द्रका रूपमा रहेको कैना सुन्दर र शान्त स्थानमा रहेको छ । 11670003

सक्लाको सेपुखोला

जाजरकोटको सक्ला स्थित सेपुखोला पनि जिल्लाको बारेकोट क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्र हो । बारेकोट क्षेत्रको प्रमुख नाकाको रूपमा रहेको सेपुखोला नलगाड जलविद्युत् आयोजनाका कारण डुबानमा पर्नेछ ।।11730001

नायकवाडा

बारेकोटका चार गाविस मध्ये क्षेत्रफलका हिसाबले सबै भन्दा ठुलो गाविस र संभवत ठकुरी समुदायको बाहुल्यता भएको गाविस नायकवाडा हो । प्राकृतिक स्रोत साधनका हिसाबले जिल्लामै अग्रपंक्तिमा यो गाविस रहेको छ ।

11710004

कुदु

जिल्लाको सबैभन्दा बढी समथर भूभाग तथा खेतीयोग्य जमिन भएको ठाउँ कुदु हो । तर यहाँ उचित सिंचाइको सुविधा नहुदा जमिनको परिमाण अनुसार उब्जनी हुनसकेको छैन ।

DSC_0725

तस्बिर साभारः सुरेन्द्र सुमन वर्डप्रेस डटकम


ताजा समाचार