Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

कोरियाका नेपाली कामदारबारे सांसदको चासो

दक्षिण कोरिया: इपिएसमार्फत काम गर्न दक्षिण कोरिया पुगेका नेपाली कामदारको सुरक्षाका विषयमा सांसदहरुले चासो दिएका छन्। सिओलस्थित राजदूतावासमा भएको छलफलमा नेपालबाट आएको सांसदहरुको प्रतिनिधिमण्डलले कामदारको सुरक्षाबारे चासो राख्दै छलफल गरेको हो।

पछिल्लो समय कोरिया नेपाली युवाको आकर्षक रोजगार गन्तव्य भए पनि कामदार असुरक्षाको चर्चामा आउने गरेकाले दुतावासले यसतर्फ ध्यान दिनुपर्नेमा सांसदहरुले जोड दिएका थिए। कोरियामा नेपाली आत्महत्या घटना बढ्दो छन्।

छलफलमा उनले नवनियुक्त राजदूत अर्जनुजंगबहादुर सिंहले नेपाली कमदारको हकहितका पक्षमा आफू सक्रिय भएर लाग्ने जानकारी गराएका थिए। कोरियामा नेपाली दूतावासको आफ्नै भवन नभएको उनले जानकारी गराएका थिए।

दूतावासको आफ्नै भवनका लागि पहल गरिदिन राजदूत कार्कीले आग्रह गरेको सांसद उदयसम्शेर राणाले जानकारी दिए।

‘राजदूतको आग्रहलाई हामीले गम्भीर रुपमा लिएका छौं’, सांसद राणाले भने, ‘हामीले नेपाल फर्किए लगत्तै सरकारसँग कुरा गर्ने प्रतिवद्धता जनायौं।’ व्यवस्थापिका संसद अन्तर्गतको अर्थसमितिको टोली सहकारीको विकासबारे अध्ययन गर्न दक्षिण कोरियामा छ।


ताजा समाचार