Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

‘नेपालमा खेल्न पाउँदा खुसी’

काठमाडौं: अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सबैको ध्यान तान्न सफल भए, श्रीलंकाका युुवा खेलाडी रनथुुस्का करुनाथिलका । पुुरुष एकल खुुला स्पर्धामा प्रतिस्पर्धा गरेका रनथुुस्काले कोर्टमा आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याए । उनको खेल्ने शैली र सट प्र्रहारले प्रतियोगितामा सहभागी सबै खेलाडी र दर्शकको ध्यान तानेको छ । खेल देखेपछि उनलाई सबैले र्‍याङिकिङबारे प्रश्न तेर्स्याउँछन् । खिस्स हाँस्दै उनी भन्छन्, श्रीलंकाको नम्बर एक ।

श्रीलंकाली राष्ट्रिय टोलीका प्रतिभावान् खेलाडी रनथुुस्काले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुुद (साग) मा समेत भाग लिएनन् । तर, जुुनियर च्याम्पियनसिप खेल्दै आएका उनी श्रीलंकामा आयोजना हुुने सिरिज जितेको आधारमा त्यहाँको वरीयतामा शीर्ष स्थानमा पुगेका हुन् । ‘सागमा म छनोट हुुन सकेको थिइनँ तर, मैले आफ्नो खेललाई निरन्तरता दिएँ । श्रीलंकामा धेरै सिरिज पनि जितेको छुु । त्यही आधारमा नम्बर एक भएको हुुँ । खेलको स्तर पनि विस्तारै बढ्दै गएको छ,’ १८ वर्षीय रनथुुस्का भन्छन् । सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेलप्रति आकर्षित रनथुुस्काले जुुनियर स्तरका धेरै राष्ट्रिय प्रतियोगिता जितेका छन् ।

उनले श्रीलंकाली जुुनियर टोलीबाट धेरै अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलेका छन् । उनले सन् २०१६ मा स्पेनमा भएको विश्व जुुनियर च्याम्पियनसिपमा भाग लिएका थिए । त्यहाँ उनी ३२औं स्थानमा आएका थिए । उनले सन् २०१३ मा आफ्नै देशमा भएको श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिप, सन् २०१४ मा भएको एसियन जुुनियर च्याम्पियनसिप, सन् २०१६ मा भारतमा भएको इन्डिया जुुनियर च्याम्यिनसिपलगायत धेरै प्रतियोगिता खेलेका छन् । अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा भने सोमबार पाकिस्तानी खेलाडी नुरद अलीसँग २१–१३, २१–१७ ले पराजित भएपछि यात्रा प्रिक्वार्टरफाइनलमै रोकिएको छ । यद्यपि उनले नेपालमा आएर खेल्न पाउँदा आफूलाई निक्कै खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘नेपाल आएको पहिलो पटक हो ।

नेपाल आउनेबित्तिकै यहाँको हावापानी र वातावरणले मलाई लोभ्यायो । श्रीलंकामा अहिले धेरै गर्मी छ । मैले यो प्रतियोगितालाई एक महिनापछि इन्डोनेसियामा आयोजना हुुने एसियन जुुनियर च्याम्यिनसिपको तयारीका लागि पनि लिएको छुु’, रनथुुस्का भन्छन्, ‘प्रतियोगितामा उपाधिसम्म पुग्न नसके पनि नेपालमा आएर खेल्न पाउँदा धेरै खुुसी छुु ।’ हाल विश्व जुुनियर वरीयतामा ९६औं स्थानमा रहेका रनथुुस्काले आफ्नो एउटै लक्ष्य सन् २०२० को टोकियो ओलम्पिकमा छनोट भएर उत्कृष्ट प्रदर्शन गर्नुु रहेको पनि बताए । अध्ययन र खेललाई सँगै अगाडि बढाएका रनथुुस्का अहिले ग्रेट १२ मा पढ्दैछन् । ‘खेल र पढाइलाई सँगै लैजान गाह्रो छ । मैले यसलाई व्यवस्थापन गरिरहेको छुु । कलेजको पढाइबाहेक म दैनिक तीनघन्टा घरमा पढ्ने गर्छुु । चारदेखि पाँचघन्टा ब्याडमिन्टन कोर्टमा समय बित्छ’, उनले भने ।

कोलम्बोमा कपडाको व्यापार गर्ने रनथुुस्काको परिवारले पनि उनको खेललाई सपोर्ट गरिरहेको छ । श्रीलंकाली टोलीकी व्यवस्थापक भाजीरानीले रनथुुस्का सम्भावना बोकेको खेलाडी भएको बताइन् । ‘सानो उमेरमै उसको प्रदर्शनस्तरीय छ । उसले छोटो समयमा आफ्नो वरीयतामा समेत धेरै सुुधार गरेका छन् । रनथुुस्कार्र्ले एसियन र ओलम्पिकमा समेत केही गर्छ भन्ने विश्वास लिएका छौं’, भाजीरानीले भनिन् ।


ताजा समाचार