Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

यस्ता छन् उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रका विशेषता

काठमाडौं: उत्तर कोरियाले मंगलबार परीक्षण गरेको लामो दूरीको अन्तर महादेशीय मिसाइल परीक्षण सफल भएको र यो संसारको जुनसुकै कुनामा पुग्ने दाबी गरेको छ । तर विज्ञ भने उत्तरको यो दाबीलाई अहिल्यै मान्ने अवस्थामा छैनन् ।
उत्तर कोरियाले परीक्षण गरेको अन्तर महादेशीय मिसाइल परीक्षण सफल भएको यो नै पहिलो पटक हो ।

उत्तर कोरियाली सरकारी टेलिभिजनले ह्वासङ्ग– १४ मिसाइल परीक्षण सफल भएको र उत्तर कोरियाली नेता किम जोन उनले परीक्षणको अवलोकन गरेको जनाएको छ ।

सफलतापूर्वक परीक्षण सम्पन्न भएको भनिएको मंगलवारको मिसाइलबारे थप जानकारी :

दुरी ः
मंगलवार बिहान गरिएको परीक्षणमा अन्तर महादेशीय मिसाइल २ हजार ८ सय २ किलोमिटर उचाइमा पुगेको उत्तर कोरियाली सरकारी टेलिभिजन कोरिया सेन्ट्रल टेलिभिजनको दाबी छ । मंगलवार मिसाइल पुगेको उचाइले अमेरिकासम्म मार हान्ने दाबीलाई बलियो बनाएको छ ।

मितिः
उत्तर कोरियाले जुलाई ४ मा नै क्षेप्यास्त्र परीक्षण गर्नुले धेरैको ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी र चिनियां नेतासंग उत्तर कोरियाली आणविक शक्तिबारे कुराकानी गरेको केही दिन पछि र बिदाको दिन परेको छ । अझ यो हप्तादेखि जी ट्वान्टी सम्मेलन सुरु हुन गइरहेको छ । उत्तर कोरियाले यी सबै कुरालाई ध्यानमा राखेर मिसाइल परीक्षण गरेको अनुमान गरिएको छ ।

जापानको आर्थिक क्षेत्र लक्षित परीक्षणः
उत्तर कोरियाले मंगलवार परीक्षण गरेको मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा खसेको थियो जुन उत्तर कोरियाको तटीय क्षेत्रभन्दा २ सय नौटिकल माइल टाढा पर्छ । त्यो क्षेत्र जापान आउ–जाउ गर्ने पानी र कार्गो जहाजको रुट पनि हो ।

ह्वासङ्ग– १४ मिसाइल परिचयः

लम्बाइः १६ दशमलव ९ देखि १७ दशमलव ४ मिटर
व्यासः १ दशमलव ८ देखि २ मिटर
परमाणु बम क्षमताः ३०० देखि ७०० किलोग्राम
मार हान्न सक्ने दुरीः १० हजार किलोमिटर

सन् २०१७ मा कहिले–कहिले गर्यो उत्तरले मिसाइल परीक्षण ?
उत्तर कोरियाले मंगलवार गरेको मिसाइल परीक्षण यो वर्षको ११ औं हो । सन् २०१७ मा मात्रै पनि उत्तरले १० पटक मिसाइल परीक्षण गरेको थियो आखिर सन् २०१७ मा कहिले–कहिले भएका थिए त मिसाइल परीक्षण ?

फेब्रुअरी – १२ (के एन– १५ मिसाइल)
मार्च – ६ (ह्वासंग – ७)
मार्च – २२ (नखुलाइएको)
अप्रिल – ४ (के एन– १७ मिसाइल)
अप्रिल – १६ (के एन– १७ मिसाइल)
अप्रिल – २९ (नखुलाइएको)
मे – १४ (ह्वासंग – १२)
मे – २१ (के एन– १५ मिसाइल)
मे – २९ ( के एन– १७ मिसाइल)


ताजा समाचार