Loading... आजः शनिबार, कार्तिक ६, २०७८

ग्यास सिलिन्डर पड्किदा ४ घाइते

खलङ्गाः  भेरी नगरपालिका ३ तल्लो थाप्ले स्थित खाना पकाउने ग्यासको सिलिन्डर पड्किदा चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हिरालाल पन्त, बन्दना पन्त, रोशन पन्त सहित नाम नखुलेकी एक महिला घाइते भएको घाइतेका आफन्त छवि पन्तले जानकारी दिए ।

जिल्ला अस्पताल जाजरकोटमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होम लिइएको पन्तले बताए ।


ताजा समाचार