Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बाह्रदशी गाउँपालिकामा कांग्रेसका खड्गप्रसाद विजयी

झापाः झापाको बाह्रदशी गाउँपालिकामा कांग्रेसका खड्गप्रसाद राजवंशी विजयी भएका छन् । उनले ५ हजार ५३९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

राजवंशीका निकटम प्रतिद्वन्द्वी लक्ष्मण पाठकले ५ हजार १११ मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएकी छिन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी रत्ना राजवंशी विजयी भएकी हुन् ।

उनकी निकटम प्रतिद्वन्द्वी गंगा धमला (ढकाल) ले ५ हजार ३५६ मत प्राप्त गरेको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले अनलाइनखबरलाई जानकारी दिए ।


ताजा समाचार