Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

घोराही उपमहानगरमा एमाले विजयी

दाङ-  घोराही उपमहानगरपालिकामा नेकपा एमाले बिजयी भएको छ। भर्खरै सम्पन्न मतगणना अनुसार एमालेले मेयर र उपमेयर दुबै पदमा जीत निकालेको हो। एमालेका नरुलाल चौधरी २२ हजार ३० मत सहित मेयरमा निर्वाचित भए। उनका प्रतिष्पर्धि कांग्रेसका भुपवहादुर डाँगीले १७ हजार ४ सय ८४ मत ल्याए भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरे।

यसैगरि उपमेयरमा एमालेकी सीता न्यौपाने विजयी भईन् । उनी २० हजार ७ सय ९२ मत सहित बिजयी भईन् भने उनका प्रतिष्पर्धि कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६ सय ३ र माओवादी केन्द्रकी सिता चौधरीले १२ हजार ८ सय २४ मत प्राप्त गरिन्। एमालेको यो जीतसंगै उसको दाङमा बीस बर्ष यताको लगातारको शून्य जीतको रेकर्ड अन्त्य भएको छ। २०५४ को स्थानीय निकाय निर्वाचन यता एमाले कुनै पनि निर्वाचनमा यहाँ बिजयी भएको थिएन।


ताजा समाचार