Loading... आजः सोमवार, जेष्ठ १९, २०७७

सामाजिक बिकृति बिरुद्ध जाजरकोटका महिलाहरु

 

 

 

जाजरकोटका महिलाहरुले सामाजिक बिकृति बिरुद्ध अभियान थालेका छन । समय क्रममा बिभिन्न खालका बिकृति बढ्न थालेपछि महिलाहरुले सामाजिक बिकृति बिरुद्धको अभियान थालेका हुन । गाउँ गाउँमा महिलाहरु समुहगत र संस्थागत रुपमा सामाजिक बिकृतिका बिरुद्ध जुटेका छन ।
मदिराको उत्पादन र सेवन , जुवातास , घरेलु हिसा, बालबिबाह जस्ता बिकृति रोक्न महिलाले जिल्लाका बिभिन्न स्थानमा अभियान संचालन गरेका छन । गाउँ बस्तीमा हुने यस्ता बिकृति रोक्न आमा समुह, महिला समुह र संगठन निर्माण गर्न थालिएको छ । यस्ता समुह, संस्था र संगठनले आर्थिक आयआर्जन र सामाजिक अभियानका लागि महिला परिचालन गर्ने गरेका छन । समुहगत आर्थिक आम्दानी र बितरण तथा सामाजिक आन्दोलनको नेतृत्व महिलाले लिन थालेको महिला अधिकारकर्मी बिजया नगरकोटी बताउछिन । पछिल्लो समयमा महिलामा नेतृत्व विकास, सामाजिक जिम्मेवारी र आर्थिक स्वामित्व बढ्न थालेको नगरकोटीको अनुभब छ ।
महिला समुह र संगठनको सक्रियताले गाउँ टोलमा सामाजिक बिकृतिरु कम हुन थालेको स्थानीयको बुझाइ छ । महिलाको सक्रियता बढेसंगै कुलतमा फसेका पुरुष पनि सजक हुन थालेको कुशे ५ की अगुवा महिला पदमकला मल्लले बताइन । बेकारमा समय बार्बाद गर्ने पुरुषहरु क्रमस घरयासी काममा महिलाई साथ दिन थालेका छन । यस्ता सामाजिक अभियान लैङ्गिक समानता सिर्जना गर्ने मल्लको बुझाई छ । अहिले गाउँमा घरेलु मदिरा बरामद तथा नष्ट गर्ने,बालबिबाह रोक्ने, घरेलु हिंसा रोक्ने जस्ता कार्यलाई तीव्र पारिएको मल्लले जानकारी दिइन ।
गाउँमा प्रायजसो मदिरा र जुवाजातमा समय र पैसा खर्च गर्ने पुरुषहरु अहिले घरयासी काममा लाग्न थालेका छन । महिला समुहले पहिलो पटक मदिरा खाने र जुवातास खेल्नेलाई सम्झाउने बुझाउने र दोस्रो चोटी भेटाए पाँच हजार रुपैयासम्म जरिवाना गदै आएका छन् । जुवातास र मदिराले गाउँघरमा विभिन्न विकृति ल्याएकोले त्यसलाई रोक्न अभियान थालेको समुहमा आवद्ध महिलाहरु बताउँ छन् । खासगरी महिरा प्रयोग र जुवातासले आर्थिक बिपन्नता र सामाजिक अपराध बढेकोले अभियान संचालन गर्नु परेको नलगाड नगरपालिका ५ की स्थानीय महिला राधिका कुमारी सिंहले बताइन ।
जिल्लामा महिला समुहले मदिरा र जुवातास बिरुद्ध सशक्त अभियान चलाएपछि गाउँबस्तीमा अपराधिक गतिविधीमा कमी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सामाजिक बिकृति बिरुद्ध जुटेका महिलाहरुलाई स्थानीय प्रशासनले जहिले नि सहयाग गर्दै आएका प्रजिअ पन्तको भनाई छ । यस्तो अभियान सामाजिक सुधार, सदभाब र सम्बृद्धि सिर्जना भएको छ । यस्तो अभियानमा सबैको सहकार्य र एक्यबद्धताको खाचो छ प्रजिअ पन्तले थपे ।
अभियानमा जुटेका महिला समुहलाई प्रहरी प्रशासनका साथै सात वटै स्थानीय तहले पनि साथ दिदै आएका छन् । स्थानीय स्तरमा महिलाहरुले संचालन गर्ने समाजिक बिकृति बिरुद्धको अभियानमा गाउँपालिकाको तर्फबाट समुन्वय र सहकार्य गर्दै आएको शिबालय गाउँपाकिालका अध्ययक्ष नरेन्द्रकुमार शाही बताउछन । कतिपय अबस्थामा सामाजिक जागरणका लागि गाउँपालिकाले महिला समुह परिचालन नै गर्ने गरेका छौं । यसको प्रभाब गाउँ सामाजमा राम्रो छ अध्यक्ष शाहीले भने ।


ताजा समाचार