Loading... आजः सोमवार, जेष्ठ १९, २०७७

कर्णालीमा बाँके र बर्दियालाई स्वागत गर्न आतुर छौं : मुख्यमन्त्री शाही

जाजरकाेट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा भित्राउन सकिने बताएका छन । आईतबार बाँकेको नेपालगन्ज आईपुगेका मुख्यमन्त्री शाहीले प्रदेश हेरफेरमा तयार रहेको संकेत दिएका हुन ।

उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका समावेशी र लोकातान्त्रीक दुबै प्यानलका ब्यापारीहरुसँगको अलग(अलग भेटमा मुख्यमन्त्री शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका हुन ।

मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा त्यहाँ सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे । उनले भने, ‘अझै पनि हामी त्यहाँ बृहद छलफल गरेर यो मुद्दालाई ब्यापक बनाउन चाहन्छौ । हामीमा कुनै समस्या छैन बरु बाँके र बर्दियावासीले दवाव सिर्जना गर्नुपर्यो ।’

मुख्यमन्त्री शाहीले सबै एकजुट भएर दवाव सिर्जना गर्न सके मात्र शिर्ष राजनीतिक नेतृत्वले यस बारेमा सोच्ने अवस्था आउने बताए । कर्णाली र बाँके, बर्दियाको सम्बन्ध धेरै पुरानो भएकाले सहजै टुटाउन नसकिने मुख्यमन्त्री शाहीले जिकिर गरे ।

काँचुली खबरबाट


ताजा समाचार