जेष्ठ नागरिकलाई रसायन औषधि वितरण

Visionkhabar
प्रकाशित मितिः शनिबार, पुस २६, २०७६  || 83 Views   ||   |  


जाजरकोट । सदरमुकाम खलंगामा उपस्थित जेष्ठ नगारिकहरुलाई रसायण औषधि वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय आयुर्वेद शाखको आयोजनामा शनिवार एक कार्यक्रमका विच सम्मान सहित रसायण औषधि वितरण गरिएको हो ।

जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तरगत ५७ जनालाई दोसल्लाह सहित शक्तिबर्दक आयुर्वेदिक औषधि वितरण गरिएको निमित्त स्वास्थ्य व्यवस्थापक डा.रविन भुसालले जानकारी दिनु भयो ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई प्रदेश सभा सदस्य करविर शाहीले दोसल्लाह ओडाएर सम्मान गर्नु भएको थियो । सम्मान ग्रणपछि जेष्ठनागरिकहरुले खुसि व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य करविर शाही, व्यवस्थापन समितिकी अध्यक्ष धर्मशिला बस्नेत लगायतको उपस्थिति रहेको थियो ।