जाजरकोट आउँदैगरेको गाडि सल्यानमा दुर्घटना

Visionkhabar
प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६  || 1057 Views   ||   |  


जाजरकोट । सुर्खेतबाट जाजरकोट आउदै गरेको फोर्स गाडि सल्यानमा दुर्घटना भएको छ । छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत बनगाड कुपिण्डे नगरपालिकाको बालुवा संग्रही नजिकै बिहीवार विहान दुर्घटना भएको हो । भे १ ख २५७३ नम्बरको फोर्स गाडी दुर्घटना भएको पहरीले जनाएको छ ।

दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी यात्रु समान्य रहेको जनाइएको छ ।

गम्भीर घाइते हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चुु घर भएका चालक प्रकाश शर्मा, सशस्त्र प्रहरीवल सल्यानमा कार्यरत होम पंगाली, भेरीगंगा नगरपालिकाका शान्तकुमार तिरुवा लगायत छन् ।

प्रहरीले घाइतेहरुलाई उद्धार गरेर थप उपचारको लागि मेहलकुना अस्पताल र नेपालगन्ज पठाइएको छ । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।