भलिबल प्रतियोगिताको उपाधी चुली युवा क्लब सुर्खेतलाई

visionkhabar
प्रकाशित मितिः बुधबार, पुस १६, २०७६  || 298 Views   ||   |  

जाजरकोट । रमाइलाे तथा जाजरकोट महोत्सवमा संचालित भलिबल प्रतियोगिताको उपाधी चुली युवा क्लब सुर्खेतले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा एपिएफ क्लब जाजरकोटलाइ हराउँदै प्रतियोगिताको उपाधी चुली युवा क्लबले जितेको हो । एपिएफ क्लबलाइ २५-१७, २५-१७ , १९-२५ र २५-२१ को सेटमा हराउँदै चुली युवा क्लबले उपाधी जितेको हो ।

उपाधी जितेको चुलीको टोलिले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै चुलीसंग हारेको एपिएफले १ लाख  रुपैँयामा चित्त बुझाएको छ । त्यस्तै तेस्रो भएको ज्वाला दल गणले ५० हजार रुपैँया पुरस्कार पाएको छ । रमाइलाे तथा जाजरकोट महोत्सवको अबसरमा १२ गते देखि खलंगामा प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगिता निकै ब्यबस्थित र भब्यरुपमा सम्पन्न भएको र प्रतियोगितामा ७ टिमले सहभागीता जनाएको आयाेजकले जनाएकाे छ ।