जाजरकोट घुम्न आउने पर्यटकलाई फुलमालासहित भव्य स्वागत गरिने (पर्यटकीय स्थलको भिडियो)

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, पुस १५, २०७६  || 483 Views   ||   |  


जाजरकोट । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा जाजरकोट घुम्न आउने पर्यटकहरुलाई भव्य स्वागत गरिने भएको छ । जिल्लाका सातवटै स्थानिय सरकारले यहाँ घुम्न आउने पर्यटकहरुलाई भब्य स्वागत गरिने भएको हो ।

आफ्नो पालिका घुम्न आएका पर्यटकलाई फुलमाला र अविरले भव्य स्वागत गर्ने आइतवार खलंगामा भएको सरोकारवालाको बैठकले निर्णय गरेको हो । सरकाले तय गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिले एक बैठकको आयोजना गरेको थियो ।

जिल्लाका सबै पालिकाले पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको सुची तयार गरेर पालिका स्तरमा पर्यटन सहायता कक्ष स्थापना गर्नुको साथै उक्त सहायता कक्षबाट आगन्तुक पर्यटकहरुलाई पालिकामा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने बैठकले निर्णय गरेको छ । त्यस्तै पर्यटकीय क्षेत्रको स्टीकर निर्माण गरेर सार्वजनिक यातायातका साधनहरुमा टास्ने निर्णय समेत गरेको छ ।

त्यसैगरि बैठकले अन्तर जिल्ला र अन्तरपालिका जोड्ने नाकाहरुमा स्वागत गेट निर्माण गर्ने, आगन्तुक पर्यटकहरुलाई पालिकाबाट फुलमाला र अबीर लगाएर स्वागत गर्नुको साथै आगन्तुक पुस्तिका खडा गरेर घुम्ना आउने पर्यटकहरुको रेकर्ड राख्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले जानकारी दिनु भयो ।

पर्यटकहरुलाई सम्मान तथा सत्कार गर्न “अतिथिः देवो भव ” को व्यवहार प्रदर्शन गर्न जिल्ला भित्रका होटल व्यवसायीहरुलाई सुसुचीत गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले बताउनु भयो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न जिल्ला समन्वय प्रमुख रावलको संयोजकत्वमा आईतवार एक सय ५१ सदस्य पर्यटन प्रबद्र्धन समिति गठन गरिएको छ ।

उक्त समितिमा जिल्लाका ७ वटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, उद्योगबाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल पर्यटन पत्रकार महासंघका प्रमुख तथा प्रतिनीधिहरु सदस्य रहने गरि १ सय ५१ सदस्य पर्यटन प्रबद्र्धन समिति गठन भएको समन्वय प्रमुख रावलले जानकारी दिनु भयो ।

पर्यटकीय स्थलको भिडियो हेर्नुहोस : 

मालिकाको भिडियो हेर्नुहोस : 

यो पनि