शिबालयमा फ्रि-वाइफाइ सुबिधा

Visionkhabar
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  || 314 Views   ||   |  

जाजरकाेट । शिबालय गाउँपालिकाले गाउँपालिकाको केन्द्रमा फ्रिवाइफाइ सेवा संचालन गरेको छ । आधुनिक प्रबिधिको प्रयोग र सबैलाई सूचनाको उपलब्धता गराउने उद्देश्यले गाउँपालिकाको केन्द्रमा फ्रिवाइफाइ सेवा संचालन गरिएको हो ।
जिल्लामा फ्रिवाइफाइ सेवा संचालन गर्ने शिबालय पहिलो भएको छ । अन्य स्थानीय तहमा इन्टरनेटको राम्रो प्रबन्ध गर्न नसकेको बेला शिबालयको यस्तो कामको सबैतिर प्रशंसा भएको छ । वर्डलिङ्ग को इन्टरनेट सेवा जडान गरेर जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई इन्टरनेट सुबिधाको पहुँचमा पुर्याउन फ्रिवाइफाइ सेवा संचालन गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले बताए । अहिलेको आधुनिक युगमा हरेक मान्छे इन्टरनेटको पहुँचमा रहन चाहन्छ यहि वास्तबिकतालाई मनन गरेर गाउँपालिकाको केन्द्रमा फ्रिवाइफाइ सेवा संचालन गरेका हौं , अध्यक्ष शाहीले भने ।
पालिका केन्द्रमा फ्रिवाइफाइ सेवा संचालनले कार्यालयको काममा गतिशिलता र आधुनिक प्रबिधिको प्रयोग हुने प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा बताउछन । यो केबल ब्यक्तिगत उपयोगको लागि मात्र होइन कार्यालयको कामकाजमा समेत प्रभाबकारीता ल्याउन संचालन गरिएको हो प्रमुख प्रशासकीय अधिकृत शर्माले भने । फ्रिवाइफाइ सेवा संचालन पछि पालिकामा बिभिन्न कामले आउने सेवा ग्राही खुशिसाथ रमाएर बस्ने गरेका छन ।