८ महिनासम्म भएन एम्बुलेन्सको उपचार

Visionkhabar
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  || 128 Views   ||   |  

 

 

बीरबहादुर गिरी
जाजरकोट ६ पुस — बिरामीको उपचारमा सहजता ल्याउन प्रयोग हुने एम्बुलेन्स ८ महिनादेखि बिरामी परेको छ । अस्पतालको एम्बुलेन्स बिरामी पर्दा सयौं बिरामी मान्छेको उपचारमा समस्या भएको छ । एम्बुलेन्सले समयमा उपचार नपाउदा बिरामी मान्छेले सास्ती खेप्नु पर्ने बाध्यता छ ।
जिल्ला अस्पताल जाजरकोटको बा २ झ १७३६ नम्बरको एम्बुलेन्स बिग्रिएको ८ महिना बित्यो । ८ महिनादेखि एम्बुलेन्स कल्लु ग्यारेज नेपाल गन्जमा थन्किएको छ । तर अहिलेसम्म एम्बुलेन्स मर्मत हुन सकेको छैन । मर्मतका लागि अस्पताले मन्त्रालय र बिभागमा परिपत्र नगरेको पनि होइन तर सुनुवाई भएको छैन । अस्पतालको एक मात्र एम्बुलेन्स बिग्रिएपछि जिल्लाको स्वास्थ्य सेवा प्रभाबित भएको छ । समस्या निकै छ, न सिकिस्त बिरामीको तत्काल उद्धार गर्न सकिन्छ न जिल्लाम उपचार हुन नसकेको बिरामीलाई जिल्ला बाहिर पठाउन नै एम्बुलेन्स नहुदा कठिन छ अस्पतालका प्रमुख डा. रबिन भुषालले भने ।
५० शैयाको जिल्ला अस्पतालमा एउटा मात्र एम्बुलेन्स छ । त्यही पनि ८ महिनादेखि ग्यारेजमा थन्किएका कारण समस्या भएको हो । आर्थिक बर्ष ०७१ ÷ ०७२ स्वास्थ्य बिभागले अस्पतालाई एम्बुलेन्स उपलब्ध गराएको हो । अहिले बिग्रिएपछि मर्मत गर्न कतैबाट रकम आएको छैन । ३ लाख सम्म मर्मत खर्च लाग्ने अनुमान गरिएको अस्पताल प्रमुख डा.भुषालको भनाई छ । एम्बुलेन्स नहुदा सुत्केरीको उद्धार र बिरामीको उपचारमा समस्या दखिएको छ । प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्सको माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत बताउछिन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा एम्बुलेन्सको ब्यबस्था गरिदिन माग गरेका छौं हेरम चाडै होला अध्यक्ष बस्नेतले भनिन । अस्पतालले प्रदेश सरकार, मन्त्रालय , विभागबाट आस्वासन पाए पनि एम्बुलेन्स कहिले आउन हो थाहा छैन ।
जिल्ला अस्पतालमा एम्बुलेन्स नहुदा गाउँ गाउँबाट बिरामीलाई डोकोमा बोकेर समेत अस्पताल पुर्याउने गरिएका छ । कतिपय सुत्केरीले समयमा अस्पताल पुग्न नपाउदा बाटोमा बच्चा जन्माउने गरेको महिला अधिकारकर्मीहरु बताउछन । एम्बुलेन्सको अभाबमा सरकारले संचालन गरेको सुरक्षित सुत्केरी कार्यक्रम नै ८ महिनादेखि प्रभाबहिन बनेको छ । भौगोलिक बिकटताका कारण यातायात सेवा बिना सुत्केरीलाई चाँडा स्वास्थ्य संस्थामा पुर्याउन कठिन भएको महिला अधिकारकर्मी बिजया नगरकोटीको भनाई छ ।
मानव स्वाथ्यका लागि संबेदनशिल मानिने एम्बुलेन्स सेवा ८ महिना जिल्लामा बन्द हुदा जिल्लाका जनप्रतिनिधिले के हरेर बसेका छन । यो प्रश्नको उत्तर जाजरकोटी जनताले खोजी रहेका छन । जिल्लामा आउदा आफ्नो सुबिधाका लागि सरकारी गाडीको खोजी गर्ने संघिय संसददेखि प्रदेश सभा सदस्यहरुले बिरामी बोक्ने एम्बुलेन्सको अबस्था के छ भनि खोज खबर नगरेको नागरिक गुनासो । जिल्लामा आउदा माननीय ज्यूहरु सरकारी कार्यालयका गाडी कब्जा गर्नु हुन्छ तर बिरामी बोक्ने जिल्लाको एम्बुलेन्स काहँ छ भनि सोध्न समेत सक्नु हुदैन निर्माण ब्यबसायी संघका अध्यक्ष कृष्ण बिक्रम शाहले प्रश्न गरे ।