प्रदेश सरकार मातहतका कार्यालयहरुको बजेट खर्च निरआशाजनक, दोस्रो चौमासिसम्म एक प्रतिशत विकास बजेट खर्च

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  || 124 Views   ||   |  

बीरबहादुर गिरी
जाजरकोट ४ मंसिर -कर्णाली पदेश सरकार मातहत रहेका जाजरकोटका सरकारी कार्यालयहरुमा विकास बजेट खर्च शुन्य जस्तै छ । आर्थिक बर्षको दोस्रो चौमासिकसम्म विकास बजेट एक प्रतिशत मात्र खर्च भएको छ । कार्यालयले बजेट खर्च गर्न नसक्दा विकासका काम प्रभाबित भएका छन ।
प्रदेश सरकार मातहतका जिल्लामा ९ वटा कार्यालय रहेका छन । वन,कृषि, पूर्बाधार विकास, स्वास्थय, सामाजिक विकास , पशु अस्पताल लगायतका सबै कार्यालयको बजेट खर्चको अबस्था निरआशाजनक छ । आर्थिक बर्षको दोस्रो चौमासिक सम्म पुजिगत खर्च १.०७ प्रतिशत र चालु खर्च ८.०८ प्रतिशत मात्र भएको कोष तथा लेखा नियन्त्रक यामबहादुर थापाले जानकारी दिए । यो बित्तिय प्रगति निकै कम हो, कामको गति नबढाए बजेट कार्यन्वयन गर्न कार्यालयहरुलाई चुनौति छ कोष नियन्त्रक थापाले भने ।
प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको प्रथम चौमासि समिक्षा कार्यक्रममा जाजरकोट पुगेका कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले कामको गति बढाउन कार्यालय प्रमुखहरुलाई कडा निर्देशन दिएका छन । कुनै बहानामा बजेट कार्यन्वयन रोक्न नपाउने भन्दै समयमा काम नगर्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन । बाँकी समयको काम गर्ने कार्यतालिका बनाएर बिभागिय मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयमा पठाउन निर्देशन गरेका छन । त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट अभाबमा कुनै विकास आयोजना नरोक्न निर्देशन दिएका छन । काम दु्रत गनिमा गर्नुहोस बजेटको अभाब हुदैन मन्त्री ज्वालाले कार्यालय प्रमुखहरुलाई भनेका छन ।
सरकारी कार्यालयले समयमा बजेट खर्च गर्न नसक्दा जिल्लाको विकास निर्माणका कामहरु ठप्प भएका छन । एक बर्षे र बहुबर्षिय विकास आयोजनाहरुको कामले दोस्रो चौमासिक सम्म गति लिन सकेको छैन । प्रदेश मातहतका कार्यालयको निगरानी गर्ने प्रमुख निकाय नै जिल्लामा नहुदा नीति तथा कार्यक्रम कार्यन्वयनमा समस्या देखिएको हो । स्थनीय तहको जस्तो जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता नहुने र संघ मातहतका कार्यालयको निगरानी गर्ने प्रमुख जिल्ला अधिकारीको जस्तो प्रदेश सरकारको प्रमुख प्रतिनिधि नहुदा प्रदेश मातहतका कार्यालयको कार्यसम्पादनमा प्रभाबकारीता आउन नसकेको जानकारको बुझाई छ । तालिम, सेमिनार, गोष्ठि जस्ता कामको बजेट सके पनि पूर्बाधार विकासको बजेट भने खर्च तर्फ कार्यालय प्रमुखहरुको चासो गएको देखिदैन । यता कार्यालय प्रमुखहरुले भने जनशक्तिको अभाब र नीतिगत जटिलता कारण बजेट खर्च गर्न नसकेको दाबी गरेका छन । प्रदेश अन्तर्गतका कार्यालयमा दरबन्दि संरचना अनुसार जनशक्ति नहुदा काम गर्न असहज भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भग्रीले बताए । गतिहिन सरकारी कामका कारण जिल्लाको ब्यपार ब्यबसाय र विकास चौपट भएको जिल्लाबासीको गुनासो छ । उद्योगाबाणिज्यसंग जाजरकोटका महसचिब इश्वरी बहादुर खत्रीको भनाई छ । नयाँ ब्यबस्थामा पुरानो पारामा काम हुन्छ कसरी जनताले विकासका लाभ सजिलोसंग पाउनछन उद्योग बाणिज्यसंग जाजरकोटका महसचिब इश्वरी बहादुर खत्रीले प्रश्न गरे । अघिल्लो आर्थिक बर्षमा पनि प्रदेश तर्फको कुल बजेटको ४६. ४६ प्रतिशत बजेट फ्रिज भएको थियो । सरकारी काम कहिले जाला घाम भन्ने कर्मचारीको मनोदशा र बजेट ब्यबस्थापन गरे पनि कार्यन्वयनको लागि पहल नगर्ने सरकारी उदाशिनताका कारण प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको चौतपर्फि आलोचना हुने गरेको छ ।