ओझेलमा छन जाजरकोटका पर्यटकिय गन्तब्यहरु

Visionkhabar
प्रकाशित मितिः सोमवार, मंसिर ३०, २०७६  || 199 Views   ||   |  

 

जाजरकोटका महत्वपूर्ण पर्यटकिय स्थलहरु ओझेलमा छन । जिल्लाका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरणा लगायतका पर्यटकिय स्थल प्रचास प्रसार अभाबमा गुमनाम भएका हुन ।

जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि एकिकृत योजना नहुदा पर्यटकि गन्तब्यहरु ओझेलमा परेको नागरिकको गुनासो छ । आन्तरिक तथा बाह्रिय पर्यटकका लागि आकर्षक गन्तब्यको सूचि जिल्लाले निर्माण गर्न सकेको छैन ।

७ स्थानीय तहले आ आफ्नो क्षेत्र भित्रका पर्यटकिय गन्तब्यको सूचि बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकिकृत योजना बनाउनु पर्ने संस्कृतिक अध्यता राजुराजा सिंहको भनाई छ । पछिल्लो समय भौतिक विकास भए पनि प्राकृति, संस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउन पहल भएको छैन सिहले भने ।


नेपाल भ्रमण बर्ष २०२० को सन्निकटमा पर्यटन विकास र प्रबद्र्धनका लागि पहल नहुनुले स्थनीय सरकारको भूमिका प्रति नागरिक असन्तुष्टि बढेको छ । जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले बजेट बिनियोजन र कार्यक्रम निर्माण गर्न असफल भएको नेपाल उद्योगबाणिज्य महासंद्ध कर्णाली प्रदेशका सदस्य कमानबहादुर खड्का बताउछन ।

यतिबेला नेपालका हरेक पर्यटकिय गन्तब्यको प्रचार प्रसार र प्रबद्धन तिब्र रुपमा भएको छ, तर यहाँका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरणा लगायतका पर्यटकिय स्थल गुमनाम छन । यस्तो हुनुमा स्थानीय सरकारको उदाशिनता हो ।


नेपलका महत्वपूर्ण पर्यटकिय गन्तब्यको सूचिमा जाजरकोटको ऐतिहासिक दरबार छ । त्यस्तै प्रदेश सरकारले सूचिकृत गरेको पर्यटकिय गन्तब्य भित्र जाजरकोटका थुप्रै स्थान परेका छन । भेरी नगरपालिकाको ऐतिहासिका जाजरकोट दरबार, कुशे गाउँपपालिकाको नदाइ डाब, बारेकोट गाउँपालिकाको साइक्वारी तिर्थ , छेडागाड नगरपालिकाको प्राचिन बौद्ध स्तुप, भेरी नगरपालिकाको मालिका मन्दिर , शिबालय , जुनचाँदे गाउपालिकाको भैरबनाथ मन्दिर , बारेकोटको चाखुरे पाटन आन्तरिक तथा बाह्रिय पर्यटकका लागि महत्वपूर्ण गन्तब्य हुन । तर यी क्षेत्रको प्रचार प्रसार प्रबद्र्धनमा कसैको चासो छैन ।

स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गरु योजना बनाउने भन्न छाडेका छैनन । पर्यटन विकासको गुरु योजना बनाएर गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्ने शिबालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीको दाबी छ । भौतिक विकास र मानवीय विकाससंग पर्यटन विकास जोड्ने गरी योजना बनाउन तयारी गरको अध्यक्ष शाहीले बताए । मानव विकास सुचांकमा ६८ औं स्थानमा रहेको जाजरकोटको विकास लागि पर्यटन विकास र प्रबद्र्धन एक महत्वपुर्णं पाटो हो । जिल्लाका पर्यटकिय गन्तब्यको प्रचार प्रसार र संरक्षण सम्बद्र्धन गर्न जरुरी छ ।

भिडियो हेर्नुहोस