गाउँका सिंहदरबारमा छैन टेलिफोन सुबिधा

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६  || 139 Views   ||   |  

जाजरकाेट । पहाडी जिल्ला जाजरकोटका स्थानीय तहमा टेलिफोन सुबिधा समेत छैन । टेलिफोन सुबिधा नहुदा गाउँका सिंहदरबारको कामकाज प्रभाबित हुने गरेका छन । टेलिफोन गर्नका लागि सिंहदरबार संचालकहरुलाइ अग्ला डाँडा र सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।

जाजरकोटका ७ स्थानीय तहमध्य ६ वटामा भरपर्दो संचार सुबिधा सुबिधा छैन । सामन्य टेलिफोन सुबिधा नहुदा गाउँ गाउँमा सिंहदरबार भन्ने नारा नारामै सिमित भएको छ । टेलिफोन सुबिधा नभएर धेरै काम गर्न असहज भएको शिबालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले बताए । कार्यालयमा टेलीफोन नहुदा अफिसेल काम कुरा गर्न अप्ठेरो छ अध्यक्ष शहीले भने ।

बारेकोट , जुनिचाँदे , शिबालय र कुशे गाउँपालिका केन्द्रमा टेेलफोन सुबिधा छैन । त्यस्तै छेडागाड र नलगाड नगरपालिकाको अबस्था पनि उस्तै छ । टेलिफोन सेवा बिस्तारका लागि स्थानीय सरकारका प्रमुखहरुले बारम्बार ताकेता गरे पनि सरोकारवाला निकाय बेखबर जस्तै छन । सम्बन्धित क्षेत्रमा बारम्बार ध्यानाकर्षन गराए पनि काम अगाडी नबढेको जाजरकोटबाट निर्बाचित कर्णाली प्रदेश सदस्य करबीर शाहीको भनाई छ । हामीले सरोकारवालासंग भन्न कुनै कसर बाँकी राखेका छैनौं केही प्राबिधिक कारणले ढिला भएको भन्ने छ, अब चाडै काम अगाडी बढ्छ ।

चार गाउँपालिका र २ नगरपालिकाका बासिन्दा अहिले पनि टेलिफोन सुबिधाको अभाबमा देश बिदेशको सम्पर्कबाट बिच्छेद छन । भौगोलिक बिकटता र संस्चार सुबिधाको अभाबले दुर्गमका स्थानीयले आपतकालिन स्वास्थ्य सुबिधा समेत पाउन सकेका छैनन । गाउँमा टेलिफोन सुबिधा नहुदा स्थानयिले सास्ती खेप्दै आएका छन ।