भेरी नगरपालिकाकाे समन्वयमा विद्यार्थीलाई जापानी झोला

visionkhabar
प्रकाशित मितिः बिहिबार, मंसिर २६, २०७६  || 351 Views   ||   |  

जाजरकाेट । जापानमा वस्ने नेपालीहरुको संस्था युमी नेपाल जापानको सहयोगमा जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पठाएका उपहार अर्थात किताव वोक्ने झोला आज एक कार्यक्रमकाे आयाेजना गरि हस्तान्तरण गरिएकाे छ ।

भेरी नगरपालिकाको समन्वय र रुपान्तरण नेपाल नामक सस्थाको आयोजनामा खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगण र पुन्माको स्याउलीवजारमा आयोजित विशेष कार्यक्रममा नगरपालिका भित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षा सम्म अध्ययन गर्ने ४ हजार ४ सय ५३ विद्यार्थीहरुलाइ उक्त उपहार अर्थात झोला हस्तान्तरण गरिएकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकास ज्वाला र सामाजिक विकास मन्त्री दल रावल लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गरेका थिए ।

झोला वितरण कार्यक्रममा जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु गणेशप्रसाद सिंह, कृष्णा शाह र कौसिलावती खत्री, प्रदेश सभा सदस्य धर्मराज रेग्मी र उच्च सरकारी अधिकारी समेत सहभागी भएका थिए । उक्त कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीद्धय, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्ती र रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले मन्तब्य राखे । मुख्य मन्त्री शाहीले राम्रोसँग पढेर ठुलो मान्छे हुन विद्यार्थीलाई आग्रह गरेका थिए ।

 युमी नेपाल जापान संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत कालिकोट, दैलेख, सल्यान र जाजरकोटका १५ हजार विद्यार्थीलाई उपहार स्वरुप जापानी झोला पठाएको छ । भेरी नगरपालिकाको समन्वयमा नगरपालिका भित्रका १९ विद्यालयका दुई हजार ९७ विद्यार्थीलाई स्याउलीबजारमा र २८ विद्यालयका दुई हजार तीन सय ५६ विद्यार्थीलाई सदरमुकाम खलंगामा झोला वितरण गरिएको रुपान्तरण नेपालले जनाएको छ । ४ देखी ८ कक्षामा अध्ययनरत विद्यार्थीहरुले झोला पाएपछि खुशी भएका थिए ।