अनुदानमा कृषकलाई च्याउको बीउ वितरण

Visionkhabar
प्रकाशित मितिः बिहिबार, कार्तिक २८, २०७६  || 259 Views   ||   |  


जाजरकोट । भेरी नगरपालिकाले कृषकलाई अनुदानमा च्याउको बीउ बितरण गरेको छ । ब्याबसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशात अनुदानमा बीउ बितरण गरेको हो ।

कृषकहरूको माग बमोजिम सात सय पाकेट कन्या (पराले) च्याउको बीउ बितरण गरिएको कृषी शाकाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनु भयो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तिको उपस्तिथिमा कृषकहरुलाई बिहीवार बीउ बितरण गरिएको थियो ।

यो आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रथम चौमासिक अन्तरगत उनिहरुको माग अनुसार च्याउको बीउ बितरण गरिएको अधिकारीले जानकारी दिनु भयो ।