जन्मदिनको अवसरमा पुनद्वारा असाय र अनाथहरुलाई सहयोग

visionkhabar
प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६  || 664 Views   ||   |  

रूपेन्देही । आफ्नो २९ औं जान्म दिन अवसर परेर समाजलाइ केहि गर्नु पर्छ भन्ने उद्देश्यका साथ देवदह नगरपालिका १० भलुहिका स्थानियवासी सागर पुनले बुटवल-८ शुक्खानगर रहेको मानव सेवा आश्रममा असाय र अनाथहरुलाई सहयोग गरेका छन ।

उनले आश्रमका असाय अनि अनाथहरुलाइ खाना खुवाउनुको साथै खाद्द्यान्न बितरण गरि सहयोग गरेका छन । तेस्तै सागर पुनले आश्रममा केक काटि आफ्नो जन्मदिन पनि मनाए ।

सागर पुनले जन्मदिनको अवसरमा कतै महङ्गा रेस्टुरेन्टमा पार्टी गर्नु भन्दा यसरी सहयोग गर्दा मानवतालाई अनि बाबा आमाको संस्कारलाई कायम राखेको महशुस गरेको बताएका छन । उनले सहयोग गर्दै गर्दा मानव सेवा आश्रमका असाय अनि अनाथहरुको मुहारमा खुसी देख्दा ठुलो उपलब्धी आफुले हासिल गरेको महशुस भएको बताएका छन ।

त्यस्तै सागर पुनले आगामी दिनमा अझै धेरै समाजलाइ सहयोग गर्दै जाने बताएका छन ।