नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

visionkhabar
प्रकाशित मितिः सोमवार, अशोज २०, २०७६  || 168 Views   ||   |  

काठमाण्डाै । ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरीजको दोस्रो खेलमा नेपालले आज  नेदरल्याण्ड्ससँग खेल्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

बलियो लक्ष्य दिएपनि अन्तिममा चुकेको नेदरल्याण्ड्स विरुद्ध नेपाली बलरको परिक्षा हुनेछ । बलियो ब्याटिङ लाइनअप रहेको नेदरल्याण्ड विरुद्धको खेलका लागि विहानको पिचको कन्डिसन हेरेर को खेल्ने नखेल्नेमा निर्णय लिने छन ।

नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई हराएको थियो । तर सो टिम भन्दा बलियो रहेको नेदरल्याण्ड्स विरुद्ध नेपालको ब्याटिङ र बलिङ दुबैमा चुनौती हुनेछ ।