खड्क देवता सहित फुलपाति भित्र्याइयाे

visionkhabar
प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६  || 39 Views   ||   |  

जाजरकाेट । दशैंको सातौं दिन आज आश्विन शुक्ल सप्तमीका दिन घटस्थापना गरिएका दशैंघर तथा शक्तिपीठहरूमा आज भगवती कालरात्रिको पूजा आराधना गरिएको छ ।

नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुरूप नवदुर्गाको सातौ रूप कालरात्रि देवीको आराधना गरिएको हो । हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूप भगवतीको आराधना गर्दछन् ।

त्यस्तै, आजपनि देशभरका शक्तिपीठहरूमा पूजा अर्चनाका लागि घुइँचो लागेको छ । नवरात्र अन्तर्गत बडादशैंको आज सातौं दिन, आज दशैंघर तथा शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ । केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक, जयन्तीका पत्रहरू भित्र्याई देवीको पूजा गर्ने परम्परा छ ।

फूलपातीकै अवसरमा जाजरकोटको दशैघरमा पनि आज फूलपाती भित्राइएको छ । आज बिहानै नेपाल प्रहरी, सशस्त्रले फुलपातीको अवसरमा कालीका भगवती मन्दिरमा पूजाअर्चना गर्नुका साथै हर्षबढाईं गरी दशैघरमा विधिपूर्वक पूजा गरी फुलपाती भित्राएका थिए ।विगतमा फुलपातिलाई जगतिपुर वाट भित्र्याइने भएतापनि अहिले कालिका मन्दिर जिल्ला प्रहरी कार्यालय परिसर वाट खड्क देवता सहित फुलपाति भित्र्याउने गरिएको छ ।