जाजरकोटमा पनि संविधान दिवस मनाइयाे

visionkhabar
प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  || 161 Views   ||   |  

जाजरकाेट । आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी उत्सवको रुपमा मनाइएको छ । संविधानसभाबाट संविधान जारी भएको असोज ३ गतेलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाउने गरिएको छ । नयाँ संविधान २०७२ साल असोज ३ गते सविधान जारी भएको थियो ।

यसै क्रममा जाजरकोटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ । विहान सदरमुकाम खलंगाको थाप्लेबाट र्याली सुरु गरेर दिवस मनाइएको हो ।

“सुखी नेपाली समृद्ध नेपाल,सविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साध मनाऔ ,घरघरमा राष्ट्रिय झण्डा फहराऔ ” भन्ने मुल नाराका साथ थाप्लेबाट सुरु भएको र्याली नँया बस्ती, ठाँटीबजार,रामजानकी टोल, गैरीखाली हुदैँ जिल्ला समन्वय समितीको सभाहलमा पुगी कार्यक्रममा परिणत भएको थियो ।