ब्लड क्यान्सर पिडित निरजलाई सहयाेग रकम हस्तान्तरण

visionkhabar
प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  || 259 Views   ||   |  

जाजरकाेट । निरज शर्मा बचाउ अभियान अन्तरगत जाजरकोटमा भएको तिज विशेष सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

आर जे म्युजिक प्रालि काठमाण्डौ र बहु प्रतिभा संरक्षण कला केन्द्र जाजरकोटको आयोजनामा संचालन भएको कार्यक्रमबाट उठेको ५० हजार रुपैँया ब्लड क्यान्सरबाट पिडित बालक निरज शर्माको बुवा रामचन्द्र शर्मालाई आर जे म्युजिक प्रालि काठमाण्डौका अध्यक्ष राम जि दैलेखी र बहु प्रतिभा संरक्षण कला केन्द्र जाजरकोटको अध्यक्ष राम बहादुर सिंहले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

लामो समय देखी ब्लड क्यान्सरबाट पिडित निरजको काठमाण्डौ एक अस्पतालमा उपचार भैरहेको छ । उपचारमा आर्थीक समस्या भएकाले उनको बुवाले सबैसँग सहयोगको लागि अपिल गरेका छन् ।

आर जे म्युजिकका अध्यक्ष रामजि दैलेखीले यस्तो कार्यक्रम सबै ठाँउमा गर्ने र त्यहाँबाट उठेकोे केही प्रतिशत रकम सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

त्यसैगरी बहु प्रतिभा संरक्षण कला केन्द्र जाजरकोटका रेशम शाहीले यो अभियान जाजरकोट जिल्ला भरी संचालन गर्ने जानकारी दिएका छन् ।

निरज शर्मा बचाउ अभियान अन्तरगत जाजरकोटमा भएको तिज विशेष सांस्कृतिक कार्यक्रम यहि भाद्र १३ र १४ गते संचालन भएको थियो ।