कर्णाली प्रदेश सरकारको नयाँ कार्यालय जाजरकाेटमा उद्घाटन

visionkhabar
प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६  || 341 Views   ||   |  

जाजरकाेट । जाजरकाेट खलंगामा कर्णाली प्रदेश सरकारको नयाँ कार्यालयकाे उद्घाटन भएकाे छ ।

नयाँ कार्यालय अन्तरगत खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालयकाे शुक्रबार कर्णाली प्रदेश सभा सदस्य तथा माननीय साँसद गणेशप्रसाद सिंहले  धुपबत्ती बाल्नुको साथै साईनबोर्ड पढेर उद्घाटन  गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रदेश साँसद सिंहले प्रदेश सरकारबाट निर्माण गरिने मझौला खानेपानी, सिंचाई, विद्युत लगाएतका योजनाहरुको माग गर्न, योजना सम्झौत गर्न र योजनाको भुक्तानी लिनलाई रुकुम जानु पर्ने अबस्थाको अन्त्य भएको र संघीयकरणको नयाँ अभ्यास गर्ने क्रममा भएका अन्यौलता र त्रुटीहरुलाई सरकारले सच्याउदै लिएको बताएका छन् ।

यस अघि कर्णाली प्रदेश सरकारको जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय जाजरकोटमा रहेको थियो भने खानेपानी बिकास डिभिजन कार्यालय पश्चिम रुकुममा रहेको थियो ।

कार्यालयबाट प्रवाह गरिने नागरिक सेवाहरुलाई सहज तथा सरल बनाउन आफु लागि पर्ने खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले बताए । जिल्लामा सबैसंग समन्वय र सहकार्य गरेर कार्यसम्पादनलाई अगाडी बढाउने प्रमुख शाहीको भनाई रहेको थियो ।