Loading... आजः सोमवार, जेष्ठ १९, २०७७

१९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै

काठमण्डाै । १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

श्रीलंकामा शुरु हुने प्रतियोगितामा आज दुई खेल हुनेछ । आजको उद्घाटन खेलमा भारत र कुवेत तथा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

भारतले कुवतेसँग कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे र सोही समयमा अफगानिस्तान र पाकिस्तानले प्रेमदासा स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले भने भोली मात्रै प्रतिस्पर्धा गर्ने छ । नेपालले पहिलो खेलमा भोली घरेलुटोली श्रीलंकासँग रणसिंघे प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार विहान सवा १० बजेदेखि प्रतिस्पर्धा गर्ने छ ।


ताजा समाचार