भेरी नगरपालिकाले सार्वजनिक गर्यो : नेपालकै पहिलो पोषण एप्स

Visionkhabar
प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६  || 510 Views   ||   |  


जाजरकोट । नेपालमै पहिलो पटक जाजरकोटको भेरी नगरपालिकाले पोषण एप्स सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले पोषण एप्स सार्वजनिक गरेको हो ।

नगरपालिकाको आर्थिक सहयोग र सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा एप्स निर्माण गरिएको छ । यो एप्स मार्फत पोषण सम्बन्धि विविध जानकारी एन्ड्रोइड मोबाइलमा अफलाइन सिस्टमबाटै सजिलै हेर्न सकिने सुआहाराका जिल्ला संयोजक निरज केसीले जानकारी दिए  ।

स्वास्थ रहन र शारिरिक बृद्धिविकासका लागि पोषण महत्वपुर्ण हुने भएकोले त्यसको जानकारी दिन यो एप्स निर्माण गरेको नगरप्रमुख घर्तीले बताए । यसले जिल्लामा बढ्दै गरेको कुपोषणको अवस्थालाई न्युनिकरण गर्न सहयोग गर्ने उनको विश्वास छ ।

भिडियो हेर्नुहोस :