भेरी नगरपालिकाको महत्वपूर्ण निर्णय : शिक्षकको तलव मासिकरुपमै बैंक खातामा

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६  || 689 Views   ||   |  

रामचन्द्र घर्ती
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले नगरक्षेत्र भित्रका सरकारी बिद्यालयका शिक्षकको तलब मासिकरुपमै बैंक खातामा जम्मा गर्ने निर्णय गरेको छ । शुक्रवार वसेको नगरकार्यपालिकाको बैठकले गुणस्तरिय शिक्षा प्रदानमा प्रेरित गराउन शिक्षकहरुको सुविधाको लागि यस्तो निर्णय गरेको हो ।

चौमासिक रुपमा तलब खुवाउँदा शिक्षकको मनोविज्ञानमा असर पुग्नुको साथै शिक्षण सिकाइमा पनि गम्भिर असर पुगेको भन्दै नगरपालिकाले प्रत्येक महिना शिक्षकहरुकै बंैक खातामा तलब जम्मा गरिदिने निर्णय गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

चौमासिक रुपमा तलव बुझ्दै आएका नगरपालिका भित्रका सरकारी बिद्यालयका शिक्षकले यो महिना देखि आफ्नै बैंक खाताबाट तलव बुझ्ने भएका छन् । शिक्षकहरुले चौमासिक तलव बुझ्दा घरव्यवहार चलाउन मुस्किल हुने गुणासो गर्दै आएका थिए ।

शैक्षिक गुणस्तरलाई सुधार गर्न शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने भएको र उनिहरुको सुविधालाई नगरपालिकाले ध्यानमा राख्दै प्रत्येक महिना सम्बन्धित शिक्षककै बैंक खातामा तलव जम्मा गरिदिने लेखापाल डम्बर बिष्टले जानकारी दिए ।

शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने प्रावधान छ । हालसम्म शिक्षकको तलब भत्ता चौमासिक रुपमा निकासा हुने गरेको र विद्यालयको खाताबाट शिक्षकलाई तलब भत्ता भुक्तानी भइरहेको छ ।

भिडियो हेर्नुहोस : 

यो पनि 

र यो पनि