लक्ष्मि बैंकद्वारा विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Visionkhabar
प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६  || 446 Views   ||   |  


बिनोद कुमार घर्ती
जाजरकोट । आफ्नो बार्षिक उत्सवको आवसरमा लक्ष्मि बैैंकले जाजरकाटको एक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिहिवार भेरी नगरपालिका ४ स्थित भेरी आधारभुत विद्यालयमा अध्ययनरत विध्यार्थीलाई लक्ष्मी बैंक जाजरकोट शाखाले आफ्नो वार्षिक उत्सवका अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो ।

शाखाको तेस्रो वार्षिक उत्सवको अवसर पारेर विद्यालयमा अध्ययरत ६० जना विध्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । उनिहरुलाई भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र जाजरकोट शाखाका प्रबन्धक आकाश सिंहले सामग्री हस्तान्त्रण गरेका हुन् ।

अति बिपन्न, पिछडिएका, गरिब अभिभावकहरुका ६० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको बैंक जाजरकोट शाखाका प्रबन्धक सिंहले जानकारी दिए ।

लक्ष्मी विकास बैकको देशैभरी जम्मा एक सय ११ शाखा मध्य पहिलो पटक जाजरकोट शाखाले विपन्न तथा जेहेन्दार विध्यार्थीलाई शैक्षिक सामग्री हस्तानतरण गरेको सिंहको भनाई छ । दलित, अति विपन्न वर्गका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गर्न पाउँदा निकै खुसी भएको सिंहले बताए ।

कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख घर्तीले जिल्लामा धेरै बैंक स्थापना भएता पनी सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै लक्ष्मि बैंकलाई धन्यवाद दिए ।

बिद्यालय क्षेत्रका बालवालिकाहरु भाबि दिनका सम्पती भएको भन्दै प्रमुख घर्तीले गुस्तरीय शिक्षाको लागी सबै निकाय लाग्नु पर्ने बताए । कतिपय बिद्यार्थीहरु अहिले पनि कापी र कलम कसरी जुगाड गरौ भन्ने अवस्थाम रहेको बेला बैकले आफनो बार्षिक उत्सवको अवसरमा गरेको कार्य प्रती नगर प्रमुख घर्तीले प्रसंसा समेत गरेका थिए ।

यस्तै बिद्यालयका प्रध्याना ध्यापक ललीत राज भण्डारीले बिद्यालयका भौतिक संरचना जिर्णका कारण जनधनको क्षती बेहोरनु पर्ने बताए । बिद्यालयको भौतिक संरचना नहुदा पठन पाठनमा समेत सास्ती खेप्दै आएको भण्डारीको भनाई छ ।

भण्डारीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख चन्द्र प्रकाश घर्ती, वडा नम्वर ४ वडा अध्यक्ष खम्ब जंग शाहको समेत उपस्थिति थियो ।