आज श्रीकृष्ण जन्माष्टमी : भगवान कृष्णको दर्शन गरी जान्नुहोस तपाँइको राशिफल

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६  || 46 Views   ||   |  


आज वि.सं. २०७६ साल भदौ ६ गते शुक्रबारको राशिफल

१. मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला । शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ । खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ । आजको श्रमबाट पछिलाई लाभ हुनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

२. बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

३. मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

४. कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।

५. सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

भिडियो हेर्नुहोस :

६. कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ ।

७. तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ ।

८. बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ । मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ । भौतिक साधनको कमीले पनि आँटेको काममा विलम्ब हुनेछ ।

९. धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । लगानीतर्फ लागत बढ्नेछ । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ । प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला ।

१०. मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ ।

११. कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला । बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ । हिस्सेदारसँग असमझदारी बढ्न सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । नयाँ काम थाल्न शुभचिन्तकहरूले साथ दिनेछन् ।

१२. मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नेपाली पात्रोबाट ।