पत्रकारलाई कार्यकक्षबाटै नियन्त्रणमा लिनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेको मिडिया सोसाइटीको ठहर

Visionkhabar
प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६  || 72 Views   ||   |  

काठमाडौं । नेपाल मिडिया सोसाइटीले न्युज ट्वान्टी फोका पत्रकारहरूलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका महासचिव मदन लम्सालले जारी गरेको विज्ञप्तिमा कार्यकक्षभित्र प्रवेश गरेर नियन्त्रणमा लिएको विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेको ठहर गरेको छ ।

मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिमा बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा ठुलो सङ्ख्यामा प्रहरीहरू उक्त सञ्चार गृहको सम्बन्धित अधिकारीहरूलाई कुनै पूर्व सूचना नदिई र बिना अनुमति अचानक कार्यकक्षमा प्रवेश गरी पत्रकारहरू पक्राउ गरेको जानकारी प्राप्त भएको उल्लेख छ ।

सोसाइटीले यस्तो कार्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले गरेको यो अवैधानिक कार्यको नेपाल मिडिया सोसाइटी खेद व्यक्त गर्दछ भनेको छ । ‘यस्ता कार्यले सूचनाको निर्बाध सम्प्रेषण गर्न पाउने सञ्चार माध्यमको नैसर्गिक अधिकार असुरक्षित र हनन भएको पनि हामीले ठानेका छौँ सोसाइटीको विज्ञप्ति भनिएको छ ।

 

सोसाइटीले प्रहरीको कार्य क्षेत्रभित्र पर्ने कुनै पनि घटनाका सम्बन्धमा उसले कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिन गर्न पाउँछ र पाउने जनाएको छ । ‘विधिको शासनलाई यस संस्थाले पनि सधैँ सम्मान गरेको र गर्दै जाने कुरामा हामी विश्वास दिलाउँछौ’ सोसाइटीले भनेको छ । तर बिना पूर्व जानकारी र बिना अनुमति मिडिया संस्था र पत्रकारिताको सामान्य संवेदनशीलतालाई समेत ख्याल नगरी कार्यकक्षमा प्रवेश गरेर प्रहरीले देखाएको यो शैली आफैंमा दुःखद् र अमर्यादित ठहर सोसाइटीले गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – सामान्य शिष्टाचार पनि नराखी गरिने यस्ता कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधान विरीत पनि हुने सोसाइटीको ठहर छ । सञ्चार माध्यममाथि हुने यस्ता प्रकारका कुनै पनि हस्तक्षेपको तीव्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र सञ्चार माध्यममाथि हुने यस्ता हस्तक्षेप नदोहोर्याउन सम्बन्धित निकायलाई सोसाइटीले सचेत गाएको छ । News24nepal

भिडियो हेर्नुहोस :