हङ्‌कङमा तनावः अमेरिका र चीन एक अर्कालाई यस्तो धम्कि दिदै

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  || 135 Views   ||   |  

हङ्‌कङमा शुरू भएका नयाँ प्रदर्शनहरूका बीच चीन र संयुक्त राज्य अमेरिकाले एकअर्कामाथि गम्भीरु आरोप लगाएका छन्। एकजना अमेरिकी कूटनीतिज्ञको नाम र अधिकारकर्मीहरूसँग उनले कुरा गर्दै गरेको तस्वीर एउटा चिनियाँ सरकारी पत्रिकाले प्रकाशित गरेपछि अमेरिकाले ूबदमाश सत्ताू भन्दै बिहीवार चीनको निन्दा गरेको थियो।

चीनले त्यसलाई खारेज गर्दै ूगुण्डा तर्कू भनेको छ। हङ्‌कङको मामिलामा अमेरिकाले हस्तक्षेप गरेको अमेरिकामाथि उसले निरन्तर आरोप लगाउँदै आएको छ।

अधिकारकर्मीहरू तीनदिने प्रदर्शनका लागि हङ्‌कङ विमानस्थलमा जम्मा भएको पृष्ठभूमिमा चीन र अमेरिका आरोपप्रत्यारोपमा ओर्लिएका हुन्। कालो पोशाक लगाएका प्रदर्शनकारीहरूले विदेशी पर्यटकमा चेतना जगाउने भन्दै विमानस्थलको आगमन कक्षमा बसेर ब्यानरहरू देखाएका छन्।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट शुरू भएर बृहत्‌ स्वतन्त्रताको माग गर्नेमा परिणत भएका प्रदर्शनहरू हप्तौँदेखि चलेका छन्। पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्‌कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्।

हङ्‌कङ सन् १९९७ यता ुएक देश, दुई प्रणालीु अन्तर्गत चीनको अङ्ग रहिआएको छ।

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

विवाद के होर ?

बिहीवार चीनले हङ्‌कङका प्रदर्शनकारी नेताहरूसँग आफ्ना कूटनीतिज्ञहरूले भेटघाट गरेको भन्ने रिपोर्टबारे बताउन अमेरिकालाई भन्यो।

अमेरिकी कूटनीतिज्ञ जुली ईदेहले एउटा होटलमा विद्यार्थी नेताहरूसँग भेटिरहेको तस्वीर बेइजिङ समर्थक ता कुङ्ग पाओ नामक पत्रिकाले ूविदेशी शक्तिको हस्तक्षेपू शीर्षकमा छापेको थियो।

हङ्‌कङको राजनीतिक सङ्कटमा अमेरिकाले हस्तक्षेप गर्दै आएको चीनको आरोप रहिआएको छ। अमेरिकाले चिनियाँ आरोप अस्वीकार गरेको छ र आफ्ना कूटनीतिज्ञहरूले सरकारदेखि व्यापारिक समूहका नेतासम्मलाई भेट्ने गरेको बताएको छ।

पत्रिकामा आएको रिपोर्टको उसले आलोचना समेत गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनिन्, ूमलाई लाग्दैन त्यो एउटा औपचारिक विरोध हो। त्यो त एउटा बदमाश सत्ताले गर्ने कुरा हो।उनको भनाइ छ, एउटा जिम्मेवार राष्ट्रले त्यस्तो व्यवहार देखाउँदैन।

अमेरिकाबाट ूगुण्डा तर्कू आएको भन्दै चीनले त्यसलाई खारेज गरेको छ र अर्काको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्ने कार्य बन्द गर्नुपर्ने भनेको छ।

बिबिसी 

भिडियो हेर्नुहोस