एकै खेलमा बायर्न म्युनिखको २३ गोल, ह्याट्रिककै ह्याट्रिक

Visionkhabar
प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  || 84 Views   ||   |  


काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । आज भएको रोताक एगर्नसंगाको मैत्रीपूर्ण खेलमा बायर्नले २३ गोल गरेको हो । रोताक एगर्नलाई २३–० गोलले पराजीत गर्दा बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे ।

कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे । एक गोल भने बायर्न म्युनिखले उपहारस्वरूप पाएको थियो ।

गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल गरेको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो ।

भिडियो हेर्नुहोस :