मंगलबार सल्यान कपुरकोटमा किसानले कुन मुल्यमा तरकारि विक्रि गरे ?

visionkhabar
प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६  || 142 Views   ||   |  

सल्यान । मंगलबार सल्यान कपुरकोटमा लागेको तरकारि बजारमा किसानहरुले आफुले उत्पादन गरेको ताजा तरकारि तथा फलफुल विक्रि गरेका छन् । विभिन्न ठाउँबाट आएका ब्यापारिहरुलाइ किसानहरुले तरकारि विक्रि गरेका हुन् । मंगलबार किसानले टमाटर प्रतिकिलो ५० देखि ६० रुपैयाँमा विक्रि गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

यस्तै हरियो बन्दा गोभी २५ देखि ३२, सेतो बन्दा गोभी १२ देखि १५, फुल गोभी ५० देखि ७० रुपैयाँ प्रतिकिलो विक्रि भएको छ । सिमि १०० देखि १२०, भेडे खुर्सानी ५५ देखि ६२, काँक्रो ४० देखि ५५, मुला ५५ देखि ६०, हरियो खुर्सानी ५० देखि ५५, अदुवा १५५ देखि १६० र नास्पती १० देखि १२ रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बजार केन्द्रले जानकारि दिएको छ ।