साम्राज्ञीको भाइरल बनेका विकिनी फोटो यस्ता छन्

Visionkhabar
प्रकाशित मितिः सोमवार, साउन ६, २०७६  || 170 Views   ||   |  

चर्चीत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । चलचित्रमा लगातार काम गर्दा थकित भएको भन्दै उनि इन्डोनेशियाको बालीमा आराम गर्न पुगेकी हुन् ।

लगातार २ चलचित्रमा लगातार काम गरेकी उनी आरमकै लागि भनेर एक्लै भने त्यहाँ पुगेकी होइनन् । विदेशमा आफ्ना प्रमी संग मस्ती गरिएको फोटोहरु यतीवेला भाइरल भएका छन् ।

बाली पुगेकी साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेकी छिन् । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही बोल्ड तस्वीर सार्वजनिक भएका छन । जसले उनको समर्थन भन्दा बढि आलोचना भैरहेको छ । पछिल्लो समय उनका केही गतिविध बेलाबेला भाइरल हुने गरेका छन् ।

चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो । अहिले, प्रेमीसँगको अन्तरंग तस्वीरले उनको आलोचना भैरहेको छ ।

सेलिब्रिटी भैसकेपछि कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक छ । साम्राज्ञीले यो कुरामा ख्याल नगरेको चलचित्रकर्मी नै बताउँछन् । उनी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छन् ।