घरेलुद्धारा ३४ लाख राजस्व संकलन

visionkhabar
प्रकाशित मितिः शनिबार, साउन ४, २०७६  || 99 Views   ||   |  

जाजरकोट । घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष ३४ लाख ११ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु ३४ लाख ११ हजार राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

आव २०७५/७६ मा नामसारी, खारेजी, पूँजी वृद्धि, कारोवार संशोधन, दर्ता तथा नवीकरण भएका उद्योग, वाणिज्य फर्महरुबाट रु ३४ लाख ११ हजार राजश्व सङ्कलन भएको घरेलु साना उद्योग विकास समितिका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिए । गत वर्षको भन्दा दोब्बर राजस्व संकलन भएको घिमेरेले जानकारी दिए । उनले भने,गत आव २०७४ र ०७५ मा १७ लाख राजस्व संकलन भएको थियो भने आव २०७५र७६मा त्यो बढेर ३४ लाख ११ हजार संकलन भएको छ ।,

उनले गत आवभन्दा यस वर्ष शतप्रतिशतले राजश्व वृद्धि भएको बताए । विषयगत कार्यालयले उद्योग दर्तालाई मुख्य प्राथमिकताका साथ अनुदानका कार्यक्रम सञ्चालनले राजश्वमा वृद्धि भएको उनको भनाइ छ । कार्यालयका कर्मचारी जिल्लाका सातवटै स्थानीय तहमा पुग्दा उद्योग दर्ता गर्नको लागि परामर्श दिएकाले गत वर्षको तुलनामा जाजरकोटको राजश्व वृद्धि भएको प्रमुख घिमिरेको भनाइ छ ।

घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालयको नियमित तर्फको बजेटवाट उद्यमी सिर्जना तथा रोजगार कार्यक्रमअन्तर्गत, विभिन्न सीप विकास तालीमहरु सञ्चालन गरेको कार्यालयले जनाएको छ । उद्योग प्रवद्र्धन कार्यक्रमअन्तरर्गत समेत सीप विकास तालीम सञ्चालन गरिएको उनको भनाइ छ ।

जिल्लामा रहेका बेरोजगार युवाहरुलाई उद्यमशीलता विकास कार्यक्रमअन्तरर्गत उद्यमशीलता विकास तालीम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सीप विकास तालीमबाट घरेलु कार्यालयले मात्र ७०० नयाँ उद्यमी सिर्जना गरेको घिमिरेले जानकारी दिए ।