कर्णालीबाट कराँतेको पहिलो अन्तराष्ट्रिय रेफ्री घर्ती जज (ए) मा पुग्न सफल

Visionkhabar
प्रकाशित मितिः बिहिबार, साउन २, २०७६  || 625 Views   ||   |  


जाजरकोट । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती कराँतेको जज A मा पुग्न सफल भएका छन् ।

उज्बेकिस्तानमा भएको “१६ औ एशियन सिनियर कराँते च्याम्पियनशिप” २०१९ को अवसरमा भएको एशियन कराँते महासंघ (AKF) को अपग्रेट परिक्षामा सफल भई जज A मा पुग्न सफल भएका हुन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ भेरे निवासी घर्ती यसअघि कराँतेको जज B थिए । घर्ती कराँतेको अन्तराष्ट्रिय जज A को सफलता पाउने कर्णाली प्रदेशकै पहिलो व्यक्ति हुन् भने नेपालकै एक मात्र जनप्रतिनिधि समेत हुन ।

लामो समय खेलकुद क्षेत्रमा सक्रिय घर्तीले बिभिन्न उपाधि समेत प्राप्त गरिसकेका छन् । बिद्यार्थी राजनीति हुदै हाल नेकपा कर्णाली प्रदेशको प्रदेश कमिटि सदस्य समेत रहेका छन् ।