प्रदेशको बजेटमा जाजरकाेटी सांसदको असन्तुष्टी, हेर्नुहाेस् भिडियाे सहित

visionkhabar
प्रकाशित मितिः बुधबार, असार २५, २०७६  || 415 Views   ||   |  

कालीबहादुर नेपाली ,
जाजरकोट । आर्थीक वर्ष २०७६/०७७ का लागी विनियोजन गरिएको कर्णाली प्रदेश सरकारको बजेटमा सत्तारुढ दलकै सांसदको असन्तुष्टी रहेको पाइएको छ ।

मंगलबार कर्णाली प्रदेश सरकारको उद्योग विकास कार्यक्रमको सुझाव संकलन अन्तर्गत जाजरकोट बाट निर्वार्चित सांसद कौशिला खत्रीले कर्णाली प्रदेश सरकारले आफ्नो जिल्लालाई टारिरहेको बताएकी छन् । उनले भनिन्, अघिल्लो बर्षमा कर्णाली प्रदेश सरकारले अर्काे सालमा जाजरकोटमा गरौला भनेको थियो.,तर यस बर्ष भनेको अनुसार काम नभएको बताइन । अहिले विहे, आइस्याल बिहे, खाउँला कहिले ज्येही भने जस्तै कर्णाली प्रदेश सरकारले गरिरहेको सांसद खत्रीले बताइन ।

आफ्नो गलामा समस्या भएको र गलाले साथ दिए सम्म सुझाव दिने आँटका साथ रोस्टममा पसेकी सांसद खत्रीले सरकारले सबैभन्दा कम जाजरकोट र त्यसपछि मुगुमा बजेट विनियोजन गरेको बताइन । उनले विनियोजन बजेटको छलफलमा मन्त्री नभएकै कारण आफनो जिल्लामा बजेट कम भएको प्रमाणित भएको उनले बताइन । निती तथा कार्यक्रमको पुस्तकमा पेज न.ं९ देखि १६ सम्म ७ वठा कार्यक्रममा बजेट छुट्याएको छ , तर जाजरकोटमा एउटा मात्रै यूवा स्वरोजगारमा ५० लाख छुट्याएको उनले बताइन । यस्तै १७ देखि २२ सम्म ७ वटा कार्यक्रम छन् । त्यसमा पनि ६ मात्र जाजरकोटमा परेको उनले जिकिर गरिन् ।

छलफल कार्यक्रमा कम्युनिष्ट अन्तराष्टिय बादी हुन्छन् रे ? रे मा मात्र सीमित भएको उनले बताइन् । रत्नपार्कमा मुकुन्देले असाध्यै मार्मिक कुरा गरेको हुन्छ तर सुन्ने कोही पनि हुदैन, त्यस्तै हामी सांसदले बोलेको कुरा कर्णाली प्रदेश सरकारले नसुनेको उनको भनाई छ । जुन कार्यक्रमा जाजरकोटमा प्रिन्ट मिस्टेकका कारण नामहरु पनि फरक परेको ग्रामेन्ट उद्योग छेडागाड नगरपालिका हो तर यसमा वनगाड नगरपालिका भएको , पर्यटन सडक स्वीयार मालिका सडक हुनुपर्ने हो तर यसमा अर्के भएको भन्दै सभामुखको ध्यानआर्कषण गराएकी थिइन ।

कर्णाली प्रदेश सरकारका मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा गएर हेर्न आगह्र गरिन् । आफ्नो घर खर्च बाट पनि मन्त्रीलाई जाजरकोट देखाउने उनले बताइन । छेडागाड नगरपालिकामा कति महिलाको ज्यान गएको छ सुत्केरी अवस्थामा थलह आउन धेरै समय लाग्ने गरेकोले धेरैको ज्यान जाने गरेको उनले बताइन । निती तथा कार्यक्रममा एक स्थानीय तहमा एउटा हेलिप्याट हुने पर्नेमा जाजरकोटको छेडागाडमा नभएकोले यसलाई पनि ध्यान दिन मन्त्रीलाई आगह्र गरिन् ।

जाजरकोट जिल्ला साविकका कर्णाली जस्तै दुर्गम जिल्ला हो । मन्त्रीलाई आगह्र गर्दै,उनले भनिन् मन्त्रि ज्यूँ कर्णालीका जिल्लाहरु मध्ये जाजरकोटलाई हेरिदिन उनले आग्रह गरिन ।

यस्तै कर्णाली प्रदेशका अर्का सांसद गणेशप्रसाद सिहंले जाजरकोटको बारेकोटमा रहेको फलाम खानी बनाउन सुझाव दिएको र भेरी नगरपालिका १२ मा रहेको उद्योग सञ्चालन गर्नुपर्ने सुझाव दिएको तर कर्णाली प्रदेशको तरिका के.हो ? उनले प्रश्न गरेका छन् । जनताको जिवन स्तर संग मिल्ने खालका उद्योग सञ्चालन गर्ने उनले बताए । सांसदले दिएको सुझावमा मन्त्रीहरुमा यो लेखौँ कि त्यो लेख्यौँ आइसी उरेको जस्तो के हो ? प्राकृतिक स्रोत र साधनमा १० करोड भएको हो र त्यसलाई कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । उनले एउटा हिन्दी उखानलाई जोड्दै भएका छन्, यसभन्दा अघि माननीय सदस्य ज्यूँ अति गर्नू अत्याचार नगर्नू भनेको कुरालाई स्मरण गराएका थिए ।

हाती हिन्दा रहेता कुकुर भुक्ता रहेता जस्ता माननीयलाई सोच्नु भाको उनले मन्त्रीको ध्यानआकर्षण गराएका थिए । जव सम्म विधेकको किताव संसोधन,हुदैन तव सम्म स्वीकार्य नहुने उनले जिकिर गरे ।

स्वास्थ्यमा समस्याको अवस्थामा समेत जाजरकोट जिल्लाकाे बिषयमा कर्णाली प्रदेश सरकारकाे ध्यानाकर्षण गराउनु भएकोमा अादर्णिय दिदी Kaushila Khatri लाई हार्दिक अाभार ब्यक्त गर्दछु । जाजरकोटकाे जुनिचादे र छेडागाडमा स्थलगत अनुगमनको माग गर्नुभएको छ । अहिलेसम्म सदनमा यस्तो सवाल पृथक नयाँ सुन्न पाईयाे दिदी जाजरकोटी क्षेत्र न २ काे म नागरिकको हैसियतले हजुर प्रति हृदय देखि धन्यवाद ब्यक्त गर्दछु उद्योग ब्यवसायकाे बारेमा महत्त्वपूर्ण सुजाब दिनुभएकोमा ।

Gepostet von Resham Bahadur Khadka am Dienstag, 9. Juli 2019