विमा व्यवसाय बृद्धि गर्न अभिकर्तालाई सम्मान

visionkhabar
प्रकाशित मितिः सोमवार, असार २३, २०७६  || 105 Views   ||   |  


जाजरकाेट : सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जाजरकोटले अभिकर्तालाई सम्मान गरेको छ । आइतवार जिल्ला सदरमुकाम खलंगाम एक कार्यक्रमको आयोजना गरी अभिकर्ता लाई सम्मान गरेको हो । कम्पनीमा कार्यरत राम्रो व्यवसाय दिने अभिकर्ताहरुलाई सम्मान गरिएको जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले जानकारी दिईन ।

सम्मानित हुनेहरुमा जुनीचाँदे गाउँपालिका अध्यक्ष एव कम्पनीका एजेन्सी म्यानेजर कृष्ण बहादुर केसी जुनीचाँदे गाउँपालिका उपा–अध्यक्षएव.कम्पनीका एजेन्सी म्यानेजर शिवा आचार्य वस्नेत, जुनीचाँदे गाउँपालिका ११ निवासी चन्द्र बहादुर वस्नेत,तिर्थ बहादुर वस्नेत र छेडागाड नगरपालिका ६ निवासी कृष्ण बहादुर खडका सम्मानीत भएका प्रमुख गिरीको भनाई रहेको छ ।

सम्मान कार्यक्रममा मन्त्व्य राख्दै गाउँपालिकाका अध्यक्ष एव कम्पनीका एजेन्सी म्यानेजर कृष्ण बहादुर केसीले दुर्गम गाउँमा रहेको चर्को वेरोजगारीलाई मध्यनजर गर्दै विमा व्यवसायलाई नै मुख्य पेशा वनाई नियमित रुपमा काम गरेमा जीवनमा आर्थिक समस्या नपर्ने अध्यक्ष केसीले बताए । पछिल्ला दिनहरुमा काम नगर्ने जागिर खोज्दै हिडने प्रबृति भएकोले बिमा कम्पनीले पनी ब्यरोजगार युवाहरुलार्य रोजगारको रुपमा काम गरेको केसीले बताए ।


कम्पनीको शाखा कार्यालय जाजरकोटले आ.व.०७५÷०७६ मा ५० लाखको विमाङ्क रकम वरावरको ठुलो रकमको विमा गर्ने विमित जुनीचाँदे गाउपालिका अध्यक्ष कृष्ण बहादुर केसी,छेडागाड नगरपालिका ६ निवासी कृष्ण बहादुर खडका लाई सम्मानीत गरेको छ । ३०लाखविमाङ्कवरावरको विमा गर्ने तिर्थ बहादुर वस्नेतलाई समेत आइतवार सम्मान गरेको कम्पनी शाखा जाजरकोटले जनाएको छ ।

३५ जना अभिकर्ताहरुको सहभागीता रहेको उक्त सम्मान कार्यक्रममा बोल्दै जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्य वस्नेतले विमाको माध्यमवाट विशेष गरी महिलाहरुलाई आत्मनिर्भर हुने बतार्यन । समुदायमा महिला लाई अहिले सम्मपनी पुरानो कल्चर अनुसार पछाडि पारेको भन्दै आगामि दिनमा महिलाहरुलाई बिमाले आत्मनिर्भर गराउने बताईन । जाजरकोटको जुनीचाँदे गाउँपालिका सहित जिल्लाका समग्र ७ वटै स्थानीय तहमा विमाको पहुँच पु¥याउन आफ्नो सहकार्य जारी रहेको आचार्य बस्नेतको भनाई रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै जोखिमाङ्क विभागका धर्मराज सिजापतिले जाजरकोट शाखा द्धारा जारी गरिने विमालेखहरु जारी गर्दा दुर्गममा वस्ने स्थानीय जनताहरुको लागी रात दिन नभनी कटिवद्ध रुपमा कार्य गरी सेवामा सहज गरिने वताए । कार्यक्रममा सहजीकरण गर्दै प्रमुख गिरीले जीवन बीमाको महत्व,बीमा बिक्री गर्ने कला,सफल बीमा अभिकर्तामा हुनु पर्ने गुणहरु,कम्पनीका विमा योजना तथा स्किम र विमा समितिले निर्देशित गरेका विमा सम्बन्धी नीती तथा मार्गनिर्देशनवारे सहभागीहरुलाई जानकारी गरेकि थिर्यन ।
कार्यक्रममा इन्स्योरेन्स कम्पनीका जाजरकोट शाखा प्रमुख गिरीले अभिकर्ताहरुलाई दोसल्ला लगाई सम्मान गरिनुका साथै कम्पनीको डायरी तथा कलमहरु समेत हस्तान्तरण गरेकि थिर्यन ।