जाजरकाेटका दुइ स्थानिय तहमा प्रहरी चौकी स्थापना हुदैं

visionkhabar
प्रकाशित मितिः बिहिबार, असार १२, २०७६  || 144 Views   ||   |  

जाजरकोट,१३ असार । जाजरकोटका दई स्थानिय तहमा प्रहरी चौकी स्थापना हुने भएको छ । सुरक्षाको कारण देखाउँदै सदरमुकाममा कार्यालय सञ्चालन गर्दै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना हुन लागेको हो । गृह मन्त्रालयले जिल्लाका बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा र कुशे गाउँपालिकाको केन्द्र थार्पु भार्ममा प्रहरी चौकी स्थापनाका गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए ।

सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय स्थापना गदै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना असार १५ गते हुने भएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार करिव ९ महिनाको लामो प्रयास पछि यि दुई ठाउँमा प्रहरी बीट राख्ने अनुमती प्राप्त भएको छ । अव त्यहाँका स्थानीय तहमा बैंक स्थापना भएपनि सेवा रोकिएकामा तुरुन्तै सञ्चालन हुँने छ । ” लिम्सा ईलाका प्रहरी कार्यालय रामीडाडाबाट करिव २ घण्टाको पैतल दुरी छ भने थर्पु भार्म पैक प्रहरी चौकीबाट ढाटा नै रहेको छ ।

गाउँमा सुरक्षा खतरा नभएपनि बहाना बनाएर गाउँमा स्थानीय सरकारका प्रतिनिधी नबसेकोे स्थानीयको भनाई छ । कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सदरमुकाम स्थित आफ्नै घरमा कार्यालय राखेर चलाउँदै आएका छन् । गाउँमा पनि कार्यालय छ , सदरमुकाममा पनि छ तर काम भरी सदरमुकामबाट हुँदै आएका छन् । स्थानीय सरकारलाइ आफ्नै पालिकाको केन्द्रमा बसी काम गर्ने वातावरण सृजना गर्न बैंक तथा वित्तीय संस्था स्थापना गर्नको लागि प्रहरी चौकी स्थापना गर्न लागिभएको छ ।

पालिकाको केन्द्र रहेको स्थानमा प्रहरी पोष्ट स्थापनाका लागी ९ महिनादेखि पटक पटक सुरक्षा समितिको निर्णय सहित निरन्तर विभिन्न तहमा अनुरोध गरेपछी कार्यान्वयन भएको बस्नेतको बताए । जिल्लाको बारेकोट गाउँपालिकाको केन्द्र, बारेकोट –२, लिम्सा र कुशे गाउँपालिकाको केन्द्र, कुशे – ६, थर्पुभार्मामा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न अनुमति प्राप्त भएको प्रजिअ बस्नेतले बताए ।
भेरीमालिका दैनिक जाजरकोटले खबर पठाएको छ ।