जाजरकोट अस्पतालमा अत्याधुनिक पुर्वाधार बन्ने

visionkhabar
प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६  || 77 Views   ||   |  

काठमाडौं । जाजरकोटमा जिल्ला अस्पतालको भवन र आवश्यक पुर्वाधार वन्ने भएको छ । शहरी विकास मन्त्रालयकोअन्र्तगतको संघिय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले जिल्ला अस्पतालको भवनसहित अन्य पुर्वाधार निर्माणको लागी सोमबार बोलपत्र आह्वान गरेको छ । यो भवनको लागत करिव ३३ करोड रहेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतको पहलमा जाजरकोटमा जिल्ला अस्पतालको भवन निर्माण प्रक्रिया अघि बढेको हो । मन्त्री वस्नेतले जिल्ला अस्पतालको भवनका लागी लामो समयदेखि पहल गर्दै आएका थिए ।

१५ शैयाको सुविधा रहेको उक्त जिल्ला अस्पताललाई वस्नेतकै पहलमा ५० शैयाको बनाइएको भएपनि आवश्यक पुर्वाधार नहुंदा समस्या थियो । वनमन्त्री वस्नेतले भवन निमार्ण प्रक्रिया अघि बढेसंगै पुर्वाधार निर्माणले पुर्णता पाउने वित्तिकै अस्पताल पुर्ण रुपमा सुविधा सम्पन्न हुने बताए ।

उनले यसबाट समग्र जिल्लालाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । जाजरकोटमा सुविधासम्पन्न अस्पताल नहुंदा उपचारका लागी टाढा जानुपर्ने बाध्यता थियो । यो अस्पतालको निर्माणसंगै स्थानियलाई उपचारका लागी नेपालगंज वा सुर्खेत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने स्थानियको भनाई छ।