राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई

visionkhabar
प्रकाशित मितिः सोमवार, असार २, २०७६  || 230 Views   ||   |  

जाजरकाेट । नगर राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालय खलंगाले जितेको छ ।

भेरी नगरपालिकाको आयोजनामा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ जेठ ३० गते देखि सोमवार सम्म कुदुमा सन्चालन भएको उक्त खेलकुद प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ३ कास्य पदक सहित त्रिभुवन माध्यमिक विद्यालय खलंगाले प्रथम स्थान ल्याएको हो ।

यस्तै शिवशंकर मावि जगतिपुरले ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित दोस्रो स्थान ल्याएको छ भने भगवती मावि कुदुले ५ स्वर्ण , ५ रजत र ७ कास्य पदक सहित तेस्रो स्थान ल्याएको छ ।

भेरी नगरपालिका भित्रका विभिन्न दस वटा माध्यमिक विद्यालयका २ सय ५० विद्यार्थी खेलाडीहरुले भलिवल, कराते, विभिन्न दुरीका दौडहरु, त्रिपल जम्प, हाइ जम्प, लङ जम्प, ज्याप्लिङ थ्रो, कपर्दी लगाएतका ९ वटा खेलमा प्रतिष्पर्धा गरेको खेल सन्चालन तथा व्यवस्थापन समितिका संयोजक एवम वडा नम्वर १३ का वडाध्यक्ष गोपालवहादुर वटालाले वताए ।

उनले जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्डको तयारीको रुपमा नगर राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता सन्चालन गरिएको वताए । खेलमा नगर भित्रका सवै विद्यालयको उत्साहपुर्ण सहभागिता रहेको वताए । नगर राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीहरुलाइ भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती लगाएतका जनप्रतिनिधि र खेल क्षेत्रका व्यक्तिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

नगर राष्टपति रनिंग शिल्ड प्रतियोगिताको समापन गर्दै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि खेलकुद जरुरी रहेको वताए । खेलाडीहरुले मात्र नभइ सवै नागरिकहरुले खेलकुदमा सहभागि भएर आफुलाइ स्वस्थ राख्ने काम गर्नु पर्ने वताए ।

नयाँ पुस्ता र स्कुले वालवालिकाहरुका लागि नियमित खेलकुद सन्चालन गर्न समाज र राष्ट्रका लागि स्वस्थ र सक्षम नागरिक उत्पादनको उद्योग सन्चालन गर्नु जस्तै भएको मेयर घर्तीले वताए ।