विप्लव समूहका नेता नेकपामा प्रवेश

visionkhabar
प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६  || 170 Views   ||   |  

तनहुँ । तनहुँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई नेताले पार्टी परित्याग गरेका छन्।

चन्द समूह निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला सदस्य डम्बर विक र अखिल (क्रान्तिकारी) तनहुँ जिल्ला उपाध्यक्ष नवराज विकले शुक्रबार पार्टी परित्याग गरेको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन्।

पार्टीको रणनीति एवंम कार्यशैली सही नभएकाले नेकपा प्रवेश गरेको उनीहरुले बताएका छन्।