जाजरकोटमा पहिलो पटक प्रथम मेयर हाप म्याराथुन (फोटोफिचर) हेर्नुहोस

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६  || 213 Views   ||   |  


जाजरकोट । भेरी नगरपालिकाले जिल्लामै पहिलो पटक खुला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरेको छ । मंगलवार सम्पन्न म्याराथुन प्रतियोगिता अन्तरगत पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज बुढामगर प्रथम भएका छन् । ८८ जना सहभागीलाई पछि पादै बुढाले ३६ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गदै प्रथम पुरस्कार हात पारेका हुन् ।

त्यस्तै महिलातर्फ नेपाली सेनाकी सीता कुमारी शाही प्रथम भएकी छन् । १८ जना महिलालाई पछि पादै नेपाली सेनाकी शाहीले ४७ मिनेट ५६ सेकेन्डमा दूरी पार गरि प्रथम भएकी हुन् । प्रथम हुने पुरुष र महिला दुवैलाई २०–२० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खलंगाको थाप्ले देखि बोहरा पुगेर पुनः थाप्लेमा पुग्ने गरी प्रथम मेयर म्याराथुन दौडको आयोजना गरिएको थियो । त्यस्तै पुरुष तर्फ नेपाली सेनाका टेकेन्द्र कुमार थापाले ३८ मिनेट ५९ सेकेन्डमा निर्धा्रित दूरी पार गदै द्वितीय स्थान हांसिल गरे ।

जाजरकोट शिवालयका दीपक कठायतले ३९ मिनेट २१ सेकेन्डमा दूरी पार गदै तृतीय स्थान हांसिल गरेका छन् । महिला तर्फ नेपाली सेनाकै विमला राना मगरले ४८ मिनेट ५२ सेकेन्डमा दूरी पार गदै द्वितीय र जाजरकोटकी सुस्मीता रावलले ४९ मिनेट ४ सेकेन्डमा दूरी पार गदै तृतीय स्थान हाँसिल गरिन्।

त्यस्तै द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई क्रमश १५ हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रथम मेयर म्याराथुन प्रतियोगितामा मेयर चन्द्रप्रकाश घर्ती आफैं दौड पुरा गरेका थिए ।
फोटोहरु :