जाजरकोटका स्थानीय तहमा विकास बजेट खर्च न्युन

Visionkhabar
प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६  || 438 Views   ||   |  


बैशाख २५, जाजरकोट ।
जाजरकोटका स्थानीय तहले विकास बजेट खर्च गर्न सकेका छैनन् । आर्थिक बर्ष सकिन २ महिना बाँकी रहदा विकास बजेट खर्च निराशाजनक देखिएको छ ।

आर्थिक बर्ष सकिन २ महिना बाँकी छ । बारेकोट गाउँपालिकाको बिवकास बजेट खर्च ५ प्रतिशत पुगेको छैन । यस्तै जुनिचाँदे गाउँपालिकाको विकास बजेट खर्च १० प्रतिशत नाघेको छैन ।

बारेकोट र जुनिचाँदे मात्र होइन जाजरकोटका सबै स्थानीय तहमा विकास बजेट खर्च निरासाजनक छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका सबैमा विकास बजेटको खर्च ३० प्रतिशत नाघेको छैन ।

नयाँ ब्यबस्थामा काम गर्ने पुरानो मासिकताले बविकासले प्रक्रिया गतिहिन बनेको जिल्लाबासीको गुनासो छ । समयमा विकास बजेट खर्च गर्न नीतिगत प्राबिधिक कठिनाई भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत बताउनु हुन्छ ।

भेरी, छेडागाड र नलगाड नगरपालिकाले अहिलेसम्म २५ प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन । त्यस्तै शिबालय र कुशे गाँपालिकाको पनि विकास बजेट खर्च ३० प्रतिशत पुग्न सकेको छैन । आर्थिक बर्षको अन्तमा ठुलो रकम खर्च गर्ने पुरानो परम्परा अझै हटेको छैन । विकास बजेट खर्चको प्रक्रिया नै ढिलो भएको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झलक केसीको भनाई छ ।

जनप्रतिनिधिहरुको कम अनुभब र कर्मचारीको पुरानो मानसिकताले गाउँका सिंहदरको विकास प्रक्रियाले गति लिन कठिन देखिएको छ । आर्थिक बर्ष सकिन लाग्दा विकास बजेट खर्चमा गति बढाउनु र काममा गुणस्तरियता कायम गर्नु स्थानीय सरकारका लागि निकै चुनौतिपुर्ण छ ।

भिडियो हेर्नुहोस :