भेरी नगरपालिकाले गर्यो भेरेमा निशुल्क स्वास्थ्य शिविर

Visionkhabar
प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६  || 311 Views   ||   |  

जाजरकोट । स्वास्थ्य संस्थाको सहज पहुँच नभएको भेरेमा भेरी नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विशेषज्ञ स्वास्थ्य सेवा सहित घरदैलोमै नागरिकको उपचार गर्न मंलवार देखि वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर मार्फत नागरिकहरुको उपचार गर्न विशेषत्र चिकित्सकहरु सहित दुई शिविर संचालन गरेको छ । गाउँमै निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानिय निकै खुसि भएका छन् ।

विशेष गरेर महिला, बालबालिकाहरुलाई तथा जेष्ठ नागरिकलाई लक्षित गरेर शिविर संचालन गरेपछि स्वास्थ्य संस्थाको सहज पहुँच नभएका गाउँका स्थानिहरु निकै खुसि भएका हुन् ।

मंगलवार नगरप्रमुख चन्द्र प्रकाश घर्तीले शिविरको उद्घाटन गर्दै स्वास्थ्य सेवाको सहज पहुँच नभएका नगरवासी महिला, बालबालिकाहरु तथा जेष्ठ नागरिकलाइ गाउँमै गएर स्वास्थ्य उपचार गरिने बताए ।

गाउँमै गएर विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य चेकजाच गर्छाै, औषधि गर्छौ तर जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउछौ नगरप्रमुख घर्तीले भने ।

मंगलवार मात्रै १५० भन्दा बढिले उपचार गराएको नगर स्वास्थ्य शाखाका रत्न घर्तीले जानकारी दिए । हामीले करिव ६ जनाले स्वास्थ्य सेवा लिने अनुमान गरेको उनले बताए ।

बुधावर सम्मा संचालन हुने शिविरमा गाउँमै भिडियो एक्स–रे सेवा, दन्त सेवा, पाठेघरको जाँच, त्यसको क्यान्सरको जाँच, खकार परिक्षण लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् ।

डा.भुपेन्द्र मल्ल लगायतका १० जना अन्य स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा सेवा दिइरहेको छ ।

भिडियो हेर्नुहोस :