नयाँ शक्तिका केन्द्रिय सदस्य नेपाली काँग्रेसमा

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, बैशाख ३, २०७६  || 174 Views   ||   |  


जाजरकोट । नयाँ शक्ति नेपालका वैकल्पीक केन्द्रिय सदस्य शेरवहादुर शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस जाजरकोटको जिल्ला सम्मेलनमा पार्टी महामन्त्री पुर्णवहादुर खड्काले फुलमाला र अविर लगाएर शाहीलाइ काँग्रेस प्रवेश गराएका हुन् ।

केही बर्ष वाम राजनीति गरेका शाहीले मंगलवार काँग्रेस प्रवेश गरेको घोषणा गर्दै काँग्रेसको सदस्यता लिएका हुन् । अवसरको लागि पटकपटक दल फेर्ने गरेका शाही वावुराम भटराइ प्रधानमन्त्री हुदा नलसिंहगाड जलविद्यूत आयोजना विकास समितिको अध्यक्ष भएका थिए ।

जनताको निम्ति चाहिने असल विचार भनेको वहुदलीय प्रतिष्पर्धामाa आधारित लोकतान्त्रिक समाजवाद नै भएकोले आफुले नेपाली काँग्रेसको सिद्धान्त रोजेको शाहीले वताए ।

शाही संगै अन्य तीन जना कम्युनिष्ट नेताहरु जनकवहादुर शाही, चन्द्रप्रकाश अधिकारी र मानवहादुर शाहीले पनि मंगलवार काँग्रेसमा प्रवेश गरेका छन् । आफुहरुसंग अन्य दुइ सय वढी कार्यकर्ताहरु पनि काँग्रेसमा आएको नेता शेरवहादुर शाहीले वताए । उनीहरु सवैलाइ काँग्रेस महामन्त्री खड्काले माला र अविर लगाएर पार्टीमा स्वागत गरे ।

भिडियो हेर्नुहोस :