नलगाडमा जलचर प्राणी मार्न प्रतिबन्ध

visionkhabar
प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  || 65 Views   ||   |  

जाजरकाेट ।  नलगाड नगरपालिका जाजरकोटले आफ्नो क्षेत्र भित्र जलचर प्राणीलाई मार्न प्रतिवन्ध लगाएको छ । केही दिन अघि बसेको नगरकार्यपालिकाको बैठकले बैशाख १ गते देखि असार मसान्तसम्म तीन महिनाका लागी माछा लगायतका जलचर प्राणी मार्न प्रतिबन्ध लगाएको हाे ।

नगर भएर बग्ने ठुली भेरी, नलसिंङगाड र अन्य खोला तथा तलाउमा माछा लगायतका जलचर प्राणी मार्न प्रतिबन्ध लगाइएकाे नगरप्रमुख टेकबहादुर रावलले बताए । यतिवेला माछा र अन्य जलचर प्राणीले फुल पार्ने र सन्तान बृद्धि गर्ने समय भएकोले पारिस्थितिकीय प्रणालीलाई जोगाई राख्न यस्तो निर्णय गरिएको नगरप्रमुख रावलले बताए ।

‘दैनिकजसो नदी, खोला, तालमा विभिन्न प्रकारले (पासो हालेर, करेन्ट लगाएर, बीष हालेर, जाल हानेर)  माछा लगायतका जलचर प्राणी मार्दा लोप हुने खतरा बढेपछि माछा तथा अन्य जलचर प्राणीलाई जोगाउन यस्तो निर्णय गरेकाे नगरपालिकाकाे कार्यालयले जनाएकाे छ ।