कोहलपुरमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

visionkhabar
प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  || 46 Views   ||   |  

काेहलपुर । बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमले नव वर्ष २०७६ को अवसरमा विशेष बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कला सांस्कृतिको संरक्षण सम्वद्र्वन तथा स्थानीय प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज अथकले समाज रुपान्तरणमा सादुयिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै उनले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्र उल्लेखनिय योगदान पुर्याएको भन्दै अब सञ्चार क्षेत्रले जनताका मुद्वाहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले जनताका आवश्यकताहरुलाई राज्यको निकायसम्म पुर्याउने माध्याम नै सञ्चार क्षेत्र भएकाले सञ्चारजगतबाटै साँस्कृतिको संरक्षण गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यापार व्यवसायिक हक र हितका लागि सञ्चार क्षेत्र सँग सहकार्य गरिरहेको बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रको विकास र समृद्विका सामुदायिक रेडियो कोहलपुर एफ.एमले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका संस्थापक अध्यक्ष भानुभक्त भट्टराईले कोहलपुरको पहिचान नै सामुदायिक रेडियो भएकोले सामुदायिक रेडियो कोहलपुर एफएमलाई स्थानिय सरकारले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणि वलीले स्थानिय सरकारले स्थानिय सञ्चार माध्यमको विकास र सम्बद्र्वन गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका प्रबन्धक तेज प्रसाद अधिकारीले यस क्षेत्रको विकासका लागि सबै सँग रेडियो सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन, गायक कृष्ण रेउले र सपना शाहीको विशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा सहयोग गर्ने सहयोगदाता तथा विज्ञापनदातालाई समेत सम्मान गरिएको थियो ।